अवैध असुली तथा अश्लील कृत्य गरेको आरोपमा कोलका नगरनिगमका पूर्व पार्षद पक्राउ
अवैध असुली तथा अश्लील कृत्य गरेको आरोपमा कोलका नगरनिगमका पूर्व पार्षद पक्राउ


कोलकाता, 27 जून (हि.स.)। अवैध असुली तथा महिलासित अश्लील कृत्य गरेको आरोपमा पुलिसले कोलकाता नगरनिगमका पूर्व पार्षद तारकेश्वर चक्रवर्तीलाई पक्राउ गरेको छ। तारकेश्वर चक्रवर्ती पहिला कोलकाता नगरनिगमको 104 नम्बर वार्डका पार्षद रहिसकेका छन्। यस अतिरिक्त उनी निगमको एघार नम्बर बोरोका अध्यक्ष पदमा पनि रहिसकेका छन्। पुलिसले गए शुक्रवार अबेर राती लगभग साढ़े बाह्र बजे उनलाई पक्राउ गऱ्यो।

पुलिस सूत्र अनुसार गड़फा-सन्तोषपुर क्षेत्रको कालीकुमार मजुमदार रोड निवासी तारकेश्वर चक्रवर्तीमाथि सर्वे पार्क थानामा दुई वटा प्राथमिकी दर्ता छ। यस अतिरिक्त अवैध रूपमा काममा बाधा दिएको, कुटपिट गरेको, सम्पत्तिलाई नोक्सान पुऱ्याएको, महिलालाई निर्वस्त्र बनाउने प्रयास गरेको, धम्की दिएको, चोरी तथा बलजफ्ती घरमा प्रवेश गर्ने जस्ता गम्भीर धाराहरू पनि लगाइएको छ।

दोस्रो प्राथमिकीमा उनीविरूद्ध मोलतोल गरेको आरोप लगाइएको छ। राज्य विधानसभा चुनाउ पश्चात सत्ता परिवर्तन भएपछि विभिन्न नगरनिकायहरूमा लगातार कारबाही भइरहेको छ।यसै क्रममा केही पूर्व पार्षदहरूलाी पुलिसले पक्राउ गरिसकेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande