
शिवसागर, 27 जून (हि.स.)। शिवसागर जिल्ला पुलिसले गुप्त सूचनाको आधारमा अभियान चलाएर 44 गाईवस्तु समेत चार तस्करलाई पक्राउ गरेको छ।
पुलिसले शनिवार तीनसुकियाबाट नगाउँ जाँदै गरेको ट्रकको खोजी गरिएको बताएको छ। खोजीको क्रममा ट्रकभित्र 44 गाईवस्तु उद्धार गरिएको छ। गाईवस्तुहरू तिनसुकियाबाट नगाउँ हुँदै मेघालयको गाईवस्तु बजारमा अवैध रूपमा ढुवानी भइरहेको थियो।
यस मामिलामा ट्रक चालक र सहयोगी सहित चार जनालाई पक्राउ गरिएको छ। पक्रा परेका चार जनामा तस्कर अमर डेका र विजय दलोई समावेश छन्। पुलिसले पशु एक्ट अन्तर्गत एफआईआर दर्ता गरेको छ र पक्रा परेका चार तस्करहरूसँग गहन सोधपुछ गरिरहेको छ।
ज्ञात होस्, राज्यमा कड़ा पशु कानून लागू भएपनि अवैध गाईवस्तु तस्करी जारी छ।
हिन्दुस्थान समाचार / भवानी थामी