केशियाड़ीमा 125 दिन रोजगार योजनाको शुभारम्भ, विधायकले शुरू गराए कार्य
केशियाड़ीमा 125 दिन रोजगार योजनाको शुभारम्भ, विधायकले शुरू गराए कार्य


पश्चिम मेदिनीपुर, 27 जून (हि.स.)। जिल्लाको केशियाड़ी विधानसभा क्षेत्र अन्तर्गत सान्तारापुर क्षेत्रमा शनिवार 125 दिन रोजगार योजनाको औपचारिक शुभारम्भ गरियो। कार्यक्रममा केशियाड़ीका विधायक भद्र हेम्ब्रम स्वयंले कोदालो चलाएर कार्यको शुरुआत गरे।

यस अवसरमा पञ्चायतका जनप्रतिनिधि, प्रशासनिक अधिकारी, स्थानीय नेता तथा ठूलो सङ्ख्यामा ग्रामीणहरू उपस्थित थिए। विधायक भद्र हेम्ब्रमले भने, यस योजनाको माध्यमबाट ग्रामीण क्षेत्रहरूमा मानिसहरूलाई रोजगारको अधिक अवसर प्राप्त हुनेछ अनि विकाससित जोड़िएका विभिन्न आधारभूत संरचनाहरूको निर्माण कार्यले पनि गति पाउनेछ।

उनले श्रमिकहरूसित पूर्ण निष्ठा तथा जिम्मेवारीको साथमा काम गर्ने अपील गर्दै भरोसा दिलाए, सरकारका योजनाहरूको लाभ आम मानिसहरूसम्म पुऱ्याइनेछ।

स्थानीय मानिसहरूको भनाइ छ, लामो समयपछि यस किसिमको रोजगार आधारित योजना शुरू हुनाले क्षेत्रका अनेकौं परिवारहरूलाई सोझै लाभ प्राप्त हुनेछ। मानिसहरूले आशा व्यक्त गरे, यसबाट आर्थिक स्थिति मजबुत हुनेछ।

उल्लेखनीय छ, राज्यमा नयाँ 125 दिन रोजगार योजनालाई चरणबद्ध ढङ्गमा लागू गरिँदैछ तथा विभिन्न जिल्लाहरूमा यसको शुरूवात भइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande