
कोलकाता, 27 जून (हि.स.)। शनिवार बिहान कोलकाता मेट्रोको कालीघाट स्टेशनमा एकजना यात्रीद्वारा आत्महत्या गर्ने प्रयास गरिेको कारणले ब्लू लाइनमा केही समयसम्म मेट्रो सेवा प्रभावित भयो। यस घटनाको कारणले महानायक उत्तम कुमार र मैदान स्टेशनबीच मेट्रो परिचालनलाई रोकियो जसले गर्दा बिहानको समयमा यात्रीहरूलाई ठूलो असुविधाको सामना गर्नुपऱ्यो।
मेट्रो अधिकारीहरू अनुसार यस अवधि आंशिक रूपमा मात्र सेवा सञ्चालन गरियो। महानायक उत्तम कुमारदेखि शहीद खुदीरासम्म अप अनि डाउन दुवै दिशा तथा मैदानदेखि दक्षिणेश्वरसम्म मेट्रो चलिरह्यो। पछि स्थिति सामान्य भएपछि बिहान 7:44 बजेदेखि सम्पूर्ण ब्लू लाइनमा नियमित सेवा बहाल गरियो।
मेट्रो प्रशासनले एक आधिकारिक बयान जारी गरी बतायो, कालीघाट स्टेशनमा एकजना यात्रीले आत्महत्या गर्ने प्रयास गरेका कारम बिहानको सेवा प्रभावित भयो। तथापि कर्मचारीहरूको तत्परताले चाँड़ै स्थितिलाई नियन्त्रण गरी परिचालनलाई सामान्य बनाइयो।
शनिवार सप्ताहान्त भए पनि ठूलो सङ्ख्यामा कार्यालय खुल्लै रहेको कारणले ब्लू लाइनमा सदा जस्तै भीड़ थियो। सेवा बाधित भएपछि धेरैजना यात्रीहरू स्टेशनमा फसे। टालिगञ्ज स्टेसनमा केही यात्रीहरूलाई मेट्रोबाट उतारियो भने केही स्टेसनहरूमा ट्रेनहरूलाई नै रोक्नुपऱ्यो। त्यसपछि यात्रीहरूले बस अनि अन्य वैकल्पिक परिवहन साधनहरूको सहारा लिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा