सेवकमा पैह्रोको जोखिम, पहाड़मा झण्डिरहेको छ विशाल बोल्डर
सेवकमा पैह्रोको जोखिम, पहाड़मा झण्डिरहेको छ विशाल बोल्डर


सिलगढ़ी, 27 जून (हि.स.)। सेवक क्षेत्रको राष्ट्रिय राजमार्ग- 10 मा पैह्रोको जोखिम लगातार कायम छ। सड़क किनारमा ठूला-ठूला ढुङ्गा (बोल्डर)-हरू पहाड़मा अड़्किरहेको छ जो हल्का वर्षा हुनसाथ कुनै न कुनै समय तल झर्नसक्छ। यस जोखिमलाई कम गर्नको लागि दमकल विबागको टीमलाई बोलाइएको छ। पाइपको माध्यमबाट पानीको तीव्र प्रवाहले यी बोल्डरहरूलाई तल झार्ने प्रयास दिनैभरि नै भइरहेको छ।

यस अवधि पुलिसलाई कैयौं पटक ट्राफिकलाई रोक्नुपऱ्यो जसले गर्दा सेवकदेखि सिलगढ़ी आठ माइलसम्म व्यापक जामको स्थिति उत्पन्न भयो। स्थितिको गम्भीरतालाई मध्यनजर गर्दै दार्जीलिङ जिल्ला पुलिसले दिनभरि भारी वाहनहरूको आवागमनलाई नियन्त्रण गऱ्यो। साथै सिक्किम अनि कालेबुङबाट आउने वाहनहरूलाई डुवर्स तर्फ डायभर्ट गरियो।

स्मरण गराइन्छ, यसअघि पनि लगातार पैह्रो गएको कारणले लगभग 17 घण्टासम्म राष्ट्रिय राजमार्ग-10 पूर्ण रूपले बन्द भएको थियो। तथापि सड़क सफा गरिएको भए पनि पहाड़मा लगभग सय फुटको उचाईँमा अहिले पनि केही ढुङ्गाहरू अड़्किएका छन् जसबाट चिन्ता बढ़ेको छ। वन विभागले पनि स्थितिको जायजा लियो, तर यी ढुङ्गाहरूलाई हटाउन सम्भव नभएको बतायो। त्यसपछि सिलगढ़ीबाट दमकलका वाहनहरूलाई बोलाइयो जसलाई जामको कारणले ठाउँसम्म पुग्न धेरै समय लाग्यो। यस अवधि सेवकको छेउमा रहेका केही वाहनहरूलाई पनि डायभर्ट गरियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande