स्वच्छता अभियानको निम्ति ठूलो घोषणा: 1.74 करोड़को लागतमा ड्रेन सफा गरिने
स्वच्छता अभियानको निम्ति ठूलो घोषणा: 1.74 करोड़को लागतमा ड्रेन सफा गरिने


पश्चिम बर्दवान, 27 जून (हि.स.)। मनसुनपूर्व हाईड्रेनको सफाई कार्यको राज्यकी शहरी विकास एवं नगर विकास मन्त्री अग्निमित्रा पालले उद्घाटन गरिन्।

वार्ड संख्या 79 स्थित शान्ति नगर स्कूल समक्ष शनिवार “स्वच्छताबाट स्वागत” कार्यक्रमको आयोजन गरियो। कार्यक्रममा अग्निमित्रा पाल, पश्चिम बर्दवानका जिल्लाधिकारी एस. पोन्नमबलम, नगरनिगम आयुक्त सहित केही प्रशासनिक अधिकारीगण उपस्थित थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अग्निमित्रा पालले भनिन्, शहरलाई स्वच्छ अनि सुन्दर राख्नु प्रशासनको मात्र नभएर हरेक नागरिकको जिम्मेवारी हो। पर्यावरणको रक्षा एवं स्वच्छतालाई नअप्नाई “सोनार बङ्गला”- को सपना पूरा हुनेछैन।

उनले जानकारी गराइन्, नगरनिगम औ म्युनिसिपल इञ्जीनियरिङ्ग विभागको सहयोगमा शास्त्री नगर, सुभाष पल्ली, शान्ति नगरदेखि लिएर रहमत नगरसम्म व्यापक स्तरमा सफाई अभियान सञ्चालन गरिन्छ जसान्तर्गत लगभग 34.11 किलोमीटर ड्रेनको सफाई 1.74 करोड़ रुपियाँ खर्चिएर गरिनेछ। वर्षा शुरू हुन अगावै नगरनिगम क्षेत्रमा सफाई कार्य पूरा गर्ने लक्ष्य राखिएको छ।

मन्त्रीले बताइन्, शहरी विकास एवं नगर मामिला विभागद्वारा “स्वच्छ एप” शुरू गरिएको छ। नागरिकहरूले आफ्नो मोबाइलमा एप डाउनलोड गरी मैला-कुचैलाको थुप्रो तथा जलजमाउ देखिए त्यसको तस्वीर अपलोड गर्न सक्नेछन्। सूचना पाएको दुई घण्टाभित्रै सफाई दलले घटनास्थलमा पुगेर सफा गर्ने दाबी समेत उनले गरिन्।

मन्त्रीले चेताउनी दिँदै भनिन, आगामी एक सेप्टेम्बरदेखि सड़कमा मैला फाल्नेहरूमाथि जरीमाना तोकिनेछ। शुरूआती जरीमाना सय रुपियाँ हुनेछ। नियम उल्लङ्घन गर्न जारी राखिए यो राशिलाई बढ़ाउन सकिन्छ। सार्वजनिक स्थानहरूमा फोहोर गर्ने, थुक्नेहरूलाई पनि कारबाही गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande