तारातला दुर्घटनामा तीन दाज्यु-भाइको मृत्युले सम्पूर्ण क्षेत्र शोकमा डुब्यो
तारातला दुर्घटनामा तीन दाज्यु-भाइको मृत्युले सम्पूर्ण क्षेत्र शोकमा डुब्यो


कोलकाता , 27 जून (हि.स.)। रोजगारको खोजीमा बिहारबाट एउटै परिवारका 6 जना सदस्यहरू कोलकाता आएका थिए, तर तारातलाको निर्माणाधिन गोदाममा भएको दुर्घटनाले परिवारका तीन दाज्यु-भाइको ज्यान लियो।

गत बुधवार दुर्घटना भएको दिन नै बिहारको मुङ्गेर निवासी घी कुमारको मृत्यु भएको थियो भने त्यै दिनको अबेर राती तिनका भाइ मन्नु कुमारलाई अवशेषहरूबाट बाहिर निकालियो, तर तिनको पनि अस्पतालमा उपचारको क्रममा मृत्यु भयो। त्यसपछि दुर्घटना भएको 48 घण्टापछि ध्वस्त भवनको अवशेषहरूमा तेस्रो भाइ सिरचाँद कुमारको शव भेटियो।

जानकारी अनुसार शवको अवस्था अत्यन्त दयनीय भएको थियो जसले गर्दा चिन्हित गर्नै गाह्रो भएको थियो। अन्ततः मोबाइल फोनको माध्यमबाट शिरचाँदलाई चिन्हित गरियो। पोस्टमर्टमपछि उनीहरूको शवलाई बिहार पठाइनेछ।

उल्लेखनीय छ, गत बुधवार अपरान्ह 12:7 बजे तारातलास्थित निर्माणाधिन वाणिज्यिक भवन अचानक भत्केर झऱ्यो। त्यसबेला त्यहाँ केही श्रिकहरूले काम गरिरहेका थिए जो अवशेषहरूमा पुरिए। दुर्घटना भएको तत्कालैपछि पुलिस, दमकल, एनडीआरएफ औ सेनाले संयुक्त रूपमा राहत अनि बचाउ अभियान शुरू गऱ्यो।

एक-एकजना गर्दै श्रमिकहरूलाई बाहिर सुरक्षित निकालियो,तर केही श्रमिकहरू बेपत्ता भएका थिए। शिरचाँदलाई लगातार खोजिरहेको थियो। अन्ततः तिनको पनि शव भेटियो।

कर कई मजदूरों को सुरक्षित बाहर निकाला गया, लेकिन कुछ लोग लंबे समय तक लापता रहे। शिरचांद की तलाश लगातार जारी थी और आशंका जताई जा रही थी कि वह मलबे के नीचे फंसे हुए हैं। आखिरकार उनका शव बरामद हुआ।

परिवारका अन्य तीन जना सदस्यहरू अहिले पनि अस्पतालमा उपचाराधिन छन्। ताजा जानकारी अनुसार तारातला दुर्घटनामा ज्यान गुमाउनेहरूको सङ्ख्या बढ़ेर 17 पुगेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande