
हैलाकान्दी (असम), 27 जून (हि.स.)। असमको हैलाकान्दी बाइपासमा शनिवार भएको एक भीषण सड़क दुर्घटनामा ट्रक र अटोरिक्शा आपस्तमा ठोक्कियो। यस दुर्घटनामा एकजना व्यक्तिको घटनास्थलै मृत्यु भयो भने अन्य तीन जना गम्भीर रूपमा घाइते भए।
प्रारम्भिक जानकारी अनुसार द्रूत गतिको ट्रकले बाइपास तर्फ गइरहेको अटोरिक्शालाई अगाड़िबाट ठक्कर दियो। यस भयानक ठक्करमा अटो पूर्ण रूपमा क्षतिग्रस्त भयो भने त्यसमा सवार एकजना यात्रीको घटनास्थलमै मृत्यु भयो। यसरी नै अन्य तीन जना यात्रीहरू गम्भीर रूपमा घाइते भए।
दुर्घटना भएको तत्कालैपछि स्थानीय मानिसहरू, पुलिस तथा बचाउ दलले घटनास्थलमा पुगेर घाइतेहरूलाई नजिकैको अस्पतालमा पुऱ्यायो जहाँ उनीहरूको आपतकालीन उपचार भइरहेको छ।
अन्तिम सूचना पाउँदासम्ममा मृतक अनि घाइतेहरूको पहिचान आधिकारिक रूपमा जारी गरिएको थिएन। ट्रक चालकलाई हिरासतमा लिइएको छ कि छैन अहिलेसम्म कुनै आधिकारिक जानकारी दिइएको छैैन।
हैलाकान्दी जिल्लामा हिजोआज बढ़्दो सड़क दुर्घटनाहरू चिन्ताको विषय बन्न पुगेको छ। केही दिनअघि नै पञ्चग्राम थाना क्षेत्रको थाँडापुर क्षेत्रमा एम्बुलेन्स र ट्राभलरबीच भएको भयानक भिड़न्तले क्षेत्रमा सड़क सुरक्षालाी लिएर गम्भीर प्रश्न उठाएको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा