इरानको कडा अडान: लेबनानमाथिको आक्रमण रोकिएपछि मात्र अमेरिकासँग अन्तिम सम्झौताबारे प्रत्यक्ष वार्ता
तेहरान में लगे इस बैनर पर ईरान के मौजूदा सर्वोच्च नेता मोजतबा खामेनेई और उनके दिवंगत पिता अली खामेनेई की तस्वीर है। अली खामेनेई की मौत 28 फरवरी को ईरान के खिलाफ अमेरिका-इजरायल युद्ध के पहले दिन एक हमले में हुई थी। यह बैनर 30 जून को अली खामेनेई के अंतिम संस्कार से पहले लगाया गया। फोटो -  इंटरनेट मीडिया


दोहा/वाशिङ्टन, 01 जुलाई (हि.स.)। कतारको राजधानी दोहामा अमेरिकी र इरानी वार्ताकारहरू उपस्थित भए पनि दुवै पक्षबीच हालसम्म प्रत्यक्ष वार्ता शुरु हुन सकेको छैन। इरानले अन्तिम सम्झौताबारे वार्ता शुरु गर्न कडा सर्त अघि सारेको छ। इरानले लेबनानमा इजरायलको आक्रमण (युद्ध) अन्त्य भएमा मात्र अमेरिकासँग प्रत्यक्ष वार्ता गर्न तयार हुने जनाएको छ।

अल जजिराका अनुसार, इरानी संसदका सभामुख मोहम्मद बागेर घालिबाफले लेबनानमा युद्ध समाप्त नभएसम्म तेहरानले अन्तिम सम्झौताबारे वार्ता शुरु नगर्ने स्पष्ट पारेका छन्। उनले वार्ता अघि अमेरिकाले इरानमाथि लगाइएका तेलसम्बन्धी प्रतिबन्ध हटाउनुका साथै फ्रीज गरिएको फन्ड फुकुवा गर्नुपर्ने सर्त पनि राखेका छन्।

इरानको यही अडानका कारण दोहामा रहेका अमेरिकी वार्ताकारहरूसँग प्रत्यक्ष संवाद हुन सकेको छैन। यसबीच कतारका प्रधानमन्त्री तथा विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान बिन जासिम अल थानीले अमेरिकी विशेष दूत स्टिभ विटकोफ र जेरेड कुशनरसँग भेटवार्ता गरेका छन्।

इरानी वार्ताकारहरू पनि दोहामै रहे पनि दुवै पक्षबीच आमनेसामने वार्ता शुरु हुने कुनै संकेत देखिएको छैन। इरानले अमेरिकासँग भएको समझदारी पत्र (एमओयू) कार्यान्वयन तथा रोक्का गरिएको इरानी सम्पत्ति फुकुवा गर्ने विषयमा कतारको मध्यस्थतामा अप्रत्यक्ष वार्ता गर्ने जनाएको छ।

तेहरानले अमेरिकाले युद्ध अन्त्यसम्बन्धी सहमतिको उल्लङ्घन गरे त्यसको कडा जवाफ दिने चेताउनी पनि दिएको छ। उता इजरायलले दक्षिणी लेबनानमा हिजबुल्लाहका एक लडाकु मारिएको दाबी गरेको छ।

अमेरिकी राष्ट्रिय सुरक्षा विशेषज्ञ स्कट उहलिङ्गरका अनुसार, वाशिङ्टनले होर्मुज जलडमरूमध्यमा बढ्दो तनाउ व्यवस्थापन गर्न दोहामा इरानसँग अप्रत्यक्ष प्राविधिक वार्ता गरिरहेको छ। उनका अनुसार, अमेरिकी वार्ताकारहरूको मुख्य उद्देश्य प्राविधिक समस्याहरू समाधान गर्दै भविष्यमा उत्पन्न हुन सक्ने जटिलता टार्नु हो।

सीआईएका पूर्व अधिकारी उहलिङ्गरले होर्मुज जलडमरूमध्यमाथि प्रभाव बढाउने इरानका कूटनीतिक प्रयाससँग यी चुनौतीहरू जोडिएको बताए। अमेरिकाले एमओयूअनुसार उक्त जलडमरूमध्य हुँदै आवतजावत गर्ने जहाजहरूको सुरक्षालाई सुनिश्चित गर्न चाहेको उनले उल्लेख गरे। साथै कतार तथा अन्य खाडी मुलुकहरूसँग मिलेर इरानसँग संवादमार्फत यस महत्वपूर्ण जलमार्गको सुरक्षित सञ्चालनका लागि सहकार्यको वातावरण बनाउने प्रयास भइरहेको पनि उनले बताए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande