एम्स भुवनेश्वरले रच्यो इतिहास, सफलतापूर्वक पूरा गऱ्यो 100 रोबोटिक सर्जरी
एम्स भुवनेश्वरले रच्यो इतिहास, सफलतापूर्वक पूरा गऱ्यो 100 रोबोटिक सर्जरी


भुवनेश्वर, 10 जुलाई (हि.स.)। अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स), भुवनेश्वरले स्वास्थ्य क्षेत्रमा एक महत्वपूर्ण उपलब्धि हासिल गर्दै 100 उन्नत रोबोटिक-असिस्टेड सर्जरी सफलतापूर्वक पूरा गरेको छ। यो उपलब्धिलाई ओडिशा र पूर्वी भारतमा अत्याधुनिक स्वास्थ्य सेवाहरूको एउटा नयाँ युग शुरू भएको मानिँदैछ।

यस उपलब्धिसितै एम्स भुवनेश्वर ओडिशाको पहिल सरकारी स्वास्थ्य संस्थान बनेको छ जहाँ पूर्अण रूपले कार्यशील बहु-विषयक रोबोटिक सर्जिकल कार्यक्रम सञ्चालन गरिँदैछ।यसको माध्यमबाट आर्थिक रूपमा कमजोर तथा मध्यम वर्गका रोगीहरूलाई अत्याधुनिक सर्जिकल तकनिकको सुविधा निजी अस्पतालहरूको तुलनामा धेरै कम लागतमा उपलब्ध गराइँदैछ।

एम्स भुवनेश्वरको रोबोटिक सर्जरी कार्यक्रम अन्तर्गत अहिलेसम्ममा कैयौं जटिल मामिलाहरूको सफल उपचार गरिसकिएको छ। यसमा जनरल सर्जरी, सर्जिकल ग्यास्ट्रोएन्टरोलजी, यूरोलजी, प्रसुति एवं स्त्री रोग विभाग सहित पाँच प्रमुख विभागरूमा रोबोटिक प्रक्रियाहरू सामेल छन्। यस अतिरिक्त रोबोटिक ब्यारियाट्रिक सर्जरी र जटिल बाल चिकित्सा सर्जरी जस्ता विशेष मामिलाहरूको पनि सफलतापूर्वक सञ्चालन गरिएको छ।

एम्स भुवनेश्वरका कार्यकारी निदेशक एवं सीईओ डा. आशुतोष बिस्वासले यस उपलब्धिमाथि प्रसन्नता व्यक्त गर्दै भने, संस्थानको लक्ष्य ओडिशाका मानिसहरूसम्म अत्याधुनिक स्वास्थ्य सुविधाहरू पुऱ्याउनु हो। उनले भने, रोबोटिक सर्जरी कार्यक्रमले विश्वस्तरीय सर्जिकल तकनिकलाई आम रोगीहरूको लागि अधिक सुलभ तथा सस्तो बनाएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande