
नयाँ दिल्ली, 13 जुलाई (हि.स.)। आम आदमी पार्टी (आआपा)- का राज्यसभा सदस्य सञ्जय सिंहले आरोप लगाए, पार्टी कार्यकर्ताहरूद्वारा राष्ट्रिय संयोजक अरविन्द केजरीवालको साथमा सुन्दरकाण्डको पाठ गरिएकोले भारतीय जनता पार्टी (भाजपा) चिन्तित भएको छ। उनले भने, धार्मिक आयोजनलाई लिएर भाजपा नेताहरूको प्रतिक्रियाबाट यस्तो प्रतीत हुन्छ कि मानौं पूजा-पाठ गर्नका लागि पनि मानिसहरूले भाजपाबाट अनुमति लिनुपर्नेछ।
सञ्जय सिंहले सोमवार सोशल मीडिया प्लेटफर्म एक्समा भीडियो जारी गरी भने, गए आइतवार पार्टी कार्यकर्ताहरूले अरविन्द केजरीवालसित सुन्दरकाण्डको पाठ गरे। उनीहरूले प्रभु बजरङ्गबलीसित कथित चन्दा घोटालाविरूद्ध कारबाहीको प्रार्थना गरे। त्यसपछि भाजपा नेताहरूले सोशल मीडियामा यस आयोजनको आलोचना र्गन शुरू गरे।
आआपा सांसदले भने, पूजा-पाठ औ धार्मिक अनुष्ठान गर्नु हरेक नागरिकको अधिकार हो। यदि यस्तै स्थिति रहिरहे मानिसहरूले सुन्दरकाण्ड, रामायण वा गीता पाठ गर्नअघि पनि भाजपासित अनुमति लिनुपर्नेछ।
सञ्जय सिंहले भने, पार्टीले प्रधानमन्त्रीविरूद्ध हस्ताक्षर अभियान सञ्चालन गरिरहेको छ। उनले कार्यकर्ताहरूलाई आलोचनाहरूदेखि विचलित नहुने अपील गर्दै भने, अहिले त सुन्दरकाण्ड पाठ मात्र भएको छ आगामी दिनमा लङ्काकाण्ड पाठ पनि हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा