हामी आधुनिकतामा जिउनुपर्छ, तर आफ्नो मौलिकतालाई बिर्सनु हुॅंदैन: एसआर सुब्बा
एसआर सुब्बा


गान्तोक, 13 जुलाई (हि.स.)। वरिष्ठ साहित्यकार तथा भाषासेवी एसआर सुब्बाले नेपाली भाषाको संरक्षण एवं संवर्धनको आवश्यकतामा जोड दिएका छन्। पश्चिमी सभ्यताले निम्त्याएको चुनौतीप्रति सचेत गर्दै उनले भावी पुस्तालाई मार्गदर्शन गर्न अभिभावकहरूको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।

साहित्यकार सुब्बा आज राजधानीको मनन केन्द्रमा नेपाली साहित्य परिषद्, सिक्किमद्वारा आयोजित 212औं भानुजयन्ती समारोहलाई सम्बोधन गर्दै थिए। कार्यक्रममा उनलाई भानु पुरस्कार 2026 ले अलङ्कृत गरिएको थियो।

भाषासेवी सुब्बाले आफ्नो सम्बोधनमा नेपाली भाषाको वर्तमान अवस्था र सम्भावित भविष्यमाथि प्रकाश पार्दै सबैलाई सजग गराए थिए। उनले वर्तमानमा पश्चिमी सभ्यसताको प्रभावले लपेटिरहेको र यसबाट जोगिनु मुश्किल परिरहेको बताए। विकासले ल्याएको आंधी जस्तै हामीलाई सुकेको पात सरह उडाइरहेको उनले बताए।

उनले युवा पीढी यस परिस्थितिबाट उम्किनु सक्ने छैनन् भन्दै यस्तो स्थितिमा जिउन सक्ने योग्य बनाउने जिम्मेवारी अभिभावकहरूको रहेको बताए। आधुनिक वातावरणबाट युवा पीढीलाई जोगाउनका लागि अभिभावकहरू होशियार बन्नु पर्ने उनले आह्वान पनि गरे। उनले हाम्रो भाषा, साहित्य र संस्कृति यी हुन् भने अभिभावकहरूले तय गरेर राख्नुपर्नेछ भने नानीहरूले त्यसलाई अनुसरण गरेर लैजाने विचार व्यक्त गरे।

साहित्यकार सुब्बाले आदिकवि भानुभक्त आचार्यको योगदानमाथि प्रकाश पार्दै भानुभक्तले रामायणलाई सरल भाषामा उल्था गरेपछि यो भाषाले चिनारी पाएको बताए। उनले हामी कतै आदिकविलाई अन्त गर्न त लागेका छैनौं भन्दै यस विषयमा गहन भएर सोच्नु पर्ने समय आएको बताए। उनले हामी आधुनिकतामा जिउनुपर्छ, तर आफ्नो मौलिकतालाई बिर्सनु हुॅंदैन भनी बताए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande