तृणमूलको थप 12 वटा ब्याङ्क खाता फ्रीज, एक हजार करोड़भन्दा अधिकको राशि जाँचको घेराभित्र
तृणमूलको थप 12 वटा ब्याङ्क खाता फ्रीज, एक हजार करोड़भन्दा अधिकको राशि जाँचको घेराभित्र


कोलकाता, 10 जुलाई (हि. स.)। तृणमूल कङ्ग्रेसको पार्टी फण्डसित सम्बन्धित ब्याङ्क खाताहरूको जाँच द्रूत गतिमा भइरहेकोछ। कलकत्ता उच्च अदालतबाट दैनिक खर्च सञ्चालनको निम्ति आंशिक राहत प्राप्त भए पनि बिधाननगर साइबर थानाले तृणमूलको थप 12 वटा ब्याङ्क खाताहरूको लेनदेनमाथि रोक लगाउने निर्देश विभिन्न सरकारी अनि निजी ब्याङ्कहरूलाई दिएको छ।

यो कारबाही तृणमूल विधायक विश्वनाथ दासद्वारा बिधाननगर साइबर थानामा दर्ता सिकायतको आधारमा भइरहेको जाँच अन्तर्गत गरिएको हो। सिकायत गरिएपछि पहिला तीन वटा ब्याङ्क खातालाई फ्रीज गरिएको थियो भने पछि प्रवर्तन निदेशालय (ईडी)-ले पनि यी तीन वटा खाताहरूलाई फ्रीज गरिदियो। यसको विरोधमा तृणमूलले कलकत्ता उच्च अदालतमा याचिका दर्ता गराएको थियो। बिहीवार अदालतले पार्टीको नियमित खर्च स़ञ्चालनको लागि एकजना विशेष अधिकारी नियुक्त गर्ने निर्देश दिएको थियो।

पुलिसले अब पहिला फ्रीज गरिएका तीन वटा खाताहरूको लेनदेनबाट प्राप्त प्रमाणहरूको आधारमा अन्य खाताहरूको जाँच गरिरहेको छ। यसैकारण जाँच पूरा नहुञ्जेलसम्म यी खाताहरूबाट कुनै पनि प्रकारको लेनदेनमाथि रोक लगाइएको छ।

जाँच गर्ने क्रममा बिधाननगर साइबर थानामा सिकायतकर्ता विधायक सहित ऋतब्रत गुटका सात जनाभन्दा अधिक विधायकहरूको बयान दर्ता गराइसकिएको छ।पुलिसले यो जानकारी हासिल गर्ने प्रयास गरिरहेको छ कि उनलाई कुन आधारमा पार्टीका खाताहरूमा कथित अवैध लेनदेन भएको शङ्का लाग्यो।

यता ईडीको जाँचमा पनि नयाँ तथ्यहरू सामु आएका छन्। जाँच एजेन्सीको सूत्र अनुसार फ्रीज गरिएका तीन वटा खाताहरूध्ये एउटा खाताका हस्ताक्षरकर्ता दुई जना वर्तमान सांसद छन् भने अन्य दुई वटा खाताहरूका हस्ताक्षरकर्ता एकजना पूर्व सांसद औ पूर्व मन्त्रीरहेको बताइएको छ। जाँच एजेन्सीले चाँड़ै नै यी नेताहरूलाई जाँचबुझको लागि बोलाएर बयान दर्ता गराउनसक्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande