आसनसोलमा अवैध अतिक्रमणमाथि बुलडोजर चल्यो
आसनसोलमा अवैध अतिक्रमणमाथि बुलडोजर चल्यो


आसनसोल, 10 जुलाई (हि.स.)। पश्चिम बङ्गाल सरकारको शहरी विकास एवं नगर निगम मामिलाकी मन्त्री अग्निमित्रा पालको निर्देशमा शुक्रवार आसनसोल बजार क्षेत्रमा अवैध अतिक्रमणविरूद्ध प्रशासनले व्यापक अभियान सञ्चालन गऱ्यो। राहालेनदेखि गिरजा मोड़सम्म सड़क तथा फुटपाथमा अवैध रूपमा निर्मित पसल एवं अतिक्रमणहरूलाई बुलडोजरको मद्दतले हटाइयो। अभियान अवधि कुनै पनि अप्रिय स्थितिको सामनागर्नको लागि ठूलो सङ्ख्यामा पुलिस बललाई तैनाथ गरियो।

स्मरण गराइन्छ, गए बिहीवार मन्त्री अग्निमित्रा पालले आसनसोल बजार क्षेत्रको भ्रमण गरी पुलिस अनि प्रशासनिक अधिकारीहरूलाई स्पष्ट निर्देश दिएकी थिइन्, सड़क अनि फुटपाथमा गरिएको अवैध अतिक्रमणलाई तत्काल हटाइयोस् ताकि शहरले जामबाट राहत पाउन सकोस् तथा सर्वसाधारण मानिसहरूलाई आवागमन गर्न सुविधा होस्।

मन्त्रीले निर्देश दिएपछि बिहिवार राति नै नगरनिगम प्रशासनले माइकिङ्ग गरेर शुक्रवार बिहान 11 बजीसम्म अवैध पसलहरूलाई हटाउने निर्देश दिएको थियो। बिहान 11 बजीपछि आसनसोल नगरनिगम प्रशासन सक्रिय भएर राहालेनदेखि गिरजा मोड़सम्म सड़क किनारका सबै अवैध पसलहरूलाई हटाउने कारबाही शुरू गऱ्यो। बुलडोजरले केही अस्थायी ढाँचाहरूलाई हटाइयो। सम्पूर्ण क्षेत्रलाई अतिक्रमण मुक्त बनाउने प्रयास गरियो।

तथापि केही पसलेहरूले यस कारबाहीको विरोध पनि गरे। प्रभावित पसलेहरूको भनाइ छ, उनीहरूलाई आफ्नो पसल हटाउनको लागि पर्याप्त समय दिइएन। बिहीवार राती 11 बजी घोषणा गरिएको दोस्रो दिन शुक्रवार बिहानै अधिकारीहरू बुलडोजर लिएर आइपुगे। केही पसलेहरूको भनाइ छ, उनीहरूलाई आफ्नो सामान सुरक्षित निकाल्ने अवसर समेत दिइएन जसले गर्दा उनीहरूलाई आर्थिक नोक्सान भएको छ। अहिलेको बर्खा झरीमा पसलहरूलाई व्यवस्थित ढङ्गमा हटाउने समय पाएको भए नोक्सान कम हुन्थ्यो।

निगम प्रशासनको भनाइ छ, यो अभियान शहरलाई जाम मुक्त बनाउन, फुटपाथहरूलाई अतिक्रमण मुक्त बनाउन तथा यातायात व्यवस्थालाई सुचारू बनाउने उद्देश्यले सञ्चालन गरिएको हो। आगामी दिनमा पनि यस्ता अभियानहरू जारी रहनेछन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande