
- इन्फ्रास्ट्रक्चर, कल्याण औ रोज़गारमाथि केन्द्रित, विकासका लागि 10,000 करोड़ रुपियाँको प्रावधान
गुवाहाटी, 10 जुलाई (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमा सरकारको दोस्रो कार्यकालको पहिलो वर्ष 2026-27 को पूर्ण बजेटलाई वित्त मन्त्री जयन्त मल्ल बरूवाले शुक्रवार विधानसभामा पेश गरे। यसमा इन्फ्रास्ट्रक्चरको विस्तार, कल्याणकारी योजना, कृषि, शिक्षा औ रोज़गार सृजना गर्नेमाथि केन्द्रित विकासको एक व्यापक रोडम्याप पेश गरियो।
आगामी पाँच वर्षको लागि भविष्योन्मुखी बजेट बताउँदै बरुवाले इन्फ्रास्ट्रक्चर विकासका लागि 10,000 करोड़ रुपियाँ आवन्टन गर्ने प्रस्ताव राखे जसमा महत्वाकाङ्क्षी गुवाहाटी रिङ्ग रोड प्रोजेक्टको लागि 4,954 करोड़ रुपियाँ सामेल छ।
बजेटमा विभिन्न कल्याणकारी योजनाहरूका लागि 6,000 करोड़ रुपियाँ राखिएको छ भने सरकारको लक्ष्य चालू वित्त वर्षमा 35 हजार महिलाहरूलाई पुऱ्याउनु हो। दिव्याङ्ग वाहन योजना अन्तर्गत सरकारले 3.75 लाख दिव्याङ्ग मानिसहरूलाई लाभ पुऱ्याउने योजना बनाइरहेको छ।
वित्त मन्त्रीले चिया बगान क्षेत्रहरूमा गर्भवती महिलाहरूलाई 15,000 रुपियाँको वित्तीय सहायता दिने प्रस्ताव पेश गरे, साथै उच्च शिक्षा प्राप्त गरिरहेका 48,366 ग्रेजुएट विद्यार्थीहरूलाई 2,500 रुपियाँको मासिक वित्तीय सहायता जारी राख्ने घोषणा गरे।
सरकारले मुख्यमन्त्री कृषि उपकरण योजनालाई जारी राख्ने प्रस्ताव पनि दियो जसान्तर्क साना तथा सीमान्त किसानहरूलाई 11 हजार रुपियाँको सहायता प्राप्त हुनेछ। यस अतिरिक्त किसानहरूलाई धान र गहुँको लागि न्यूनतम समर्थन मूल्य (एमएसपी)-देखि माथि प्रतिक्विन्टल 200 रुपियाँ अतिरिक्त दिइनेछ भने तोरी उत्पादकहरूलाई प्रतिक्विन्टल अतिरिक्त 300 रुपियाँ प्राप्त हुनेछ।
मन्त्रीले घोषणा गरे अगस्त, 2026-देखि 621 जना उदासीन भक्तहरूले 1,500 रुपियाँको मासिक मानदेय पाउनेछन्।
असमको सुधार हुँदै गइरहेको आर्थिक आँकड़ाको उल्लेख गर्दै वित्तमन्त्रीले भने, राज्यको प्रतिव्यक्ति आय बढ़ेर 1,85,429 रुपियाँ पुगेको छ भने सरकारको लक्ष्य आफ्नो श्रोतबाट हुने कमाई (रेभेन्यू)-को योगदानलाई 50 प्रतिशतसम्म बढ़ाउनु हो। उनले भने, वर्ष 2025-26-मा पूँजीगत खर्च बढ़ेर 26,531 करोड़ रुपियाँ भएको छ जसले पछिल्लो लामो समयको लागि बुनियादी ढाँचामाथि आधारित विकासमाथि सरकारको फोकसलाई दर्शाउँछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा