
बङ्गाईगाउँ (असम), 10 जुलाई (हि.स.)। असमको बङ्गाईगाउँ जिल्लामा पुलिसले डाक्टर भएर अवैध रूपमा चिकित्सा सेवा दिएको आरोपमा एकजना व्यक्तिलाई पक्राउ गरेको छ। आरोपीको पहिचान नजरुल इस्लामको रूपमा भएको छ जो जोगीघोपा थाना क्षेत्रको छोटे बरजाना गाउँ निवासी रहेको बताइएको छ।
पुलिस अनुसार नजरुल इस्लामलाई जोगीघोपा थाना केस नम्बर 100/2026 अन्तर्गत पक्राउ गरिएको हो। आरोपीविरूद्ध भारतीय न्याय संहिता (बीएनएस), 2023 का विभिन्न धाराहरू सहित नेशनल मेडिकल कमिशन (एनएमसी) अधिनियम, 2019 को धारा 34 तथा असम मेडिकल काउन्सिल अधिनियम, 1999 को धारा 28 अन्तर्गत मामिला दर्ता गरिएको छ।
पुलिसले बतायो, यो कारबाही एक लिखित सिकायत औ विशेष गुप्त सूचनाको आधारमा गरिएको हो। सिकायतमा आरोप लगाइएको थियो, नजरुल इस्लामले जोगीघोपा थाना क्षेत्रको एक निजी अस्पताल औ केही निजी डाक्टरहरूको क्लीनिकमा मेडिकल अफिसरको रूपा काम गरिरहेका थिए। जबकि तिनीसित कुनै मान्यता प्राप्त मेडिकल डिग्री वा असम काउन्सिल अफ मेडिकल रजिस्ट्रेशन (एसीएमआर)- मा वैध पञ्जीकरण गरिएको थिएन।
जाँचमा यो पनि खुलासा भएको छ, आरोपीले इमरजेन्सी मेडिसिनमा पोस्टग्रेजुएट स्पेशलाइजेशन औ पेन म्यानेजमेनमा फेलोशिप रहेको दाबी गरेका थिए। तथापि पुलिसानुसार यो योग्यता नेशनल मेडिकल कमिशन (एनएमसी)- द्वारा मान्यताप्राप्त छैन।
पुलिसको आरोप छ, नजरुल इस्लामले कानूनी अधिकार बिनै रोगीहरूलाी उपचार गरिरहेका थिए। उनले एलोप्याथिक औषधिहरू पनि लेखिरहेका थिए। जाँच गर्नेहरूले यो पनि आरोप लगाए, नजरूल इस्लाम आफ्नो प्रिस्क्रिप्शन प्याडमा अन्य रजिस्टर्ड डाक्टरको मेडिकल रजिस्ट्रेशन नम्बर उपयोग गर्थे जसबाट उनले आफूलाई सही रूपमा रजिस्टर्ड मेडिकल प्र्याक्टिशनरको रूपमा देखाउँथे।
केस दर्ता भएपछि पुलिसले जाँच शुरूगरी आरोपीलाई पक्राउ गऱ्यो साथै उसलाई सक्षम अदालतमा पेश गऱ्यो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा