
गुवाहाटी, 10 जुलाई (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले शुक्रवार भने, राज्य सरकार बिहू, माजुलीको वैष्णव संस्कृति तथा शिवसागरस्थित अहोम राजधानी रङ्गपुरलाई यूनेस्कोको मान्यता दिलाउनको लागि चरणबद्ध ढङ्गमा प्रयास गर्नेछ। यो पहल चराइदेव मैदामलाई यूनेस्को विश्व धरोहर स्थलको दर्जा प्राप्त भएपछि गरिँदैछ। विधानसभा सत्र पश्चात विधानसभा सभाकक्षमा मुख्यमन्त्रीले आज असम बजटका प्रावधानहरूलाई लिएर सम्वाददाता सम्मेलनलाई सम्बोधन गरिरहेका थिए।
मुख्यमन्त्रीले भने, जसरी बङ्गालमा दुर्गा पूजालाई यूनेस्को धरोहर बनाइएको छ, त्यसरी नै असम सरकारले बिहूलाई पनि त्यस्तै बनाउने प्रयास गरिरहेको छ। मुख्यमन्त्रीले बताए, वर्ष 2026-27 को बजटमा असमका सांस्कृतिक, प्राकृतिक औ अमूर्त धरोहरको संरक्षण एवं वैश्विक पहिचानलाई मजबुत बनाउनको लागि केही महत्वपूर्ण घोषणाहरू गरिएको छ जसान्तर्गत रङ्गघर संरक्षण परियोजनालाई चाँड़ै पूरा गरिनेछ तथा करेङ्ग घरको संरक्षण, जीर्णोद्धार अनि पर्यटक सुविधाहरूको विस्तार गरिनेछ।
बजटमा श्रीमन्त शङ्करदेवसित सम्बन्धित ऐतिहासिक माधुपुर सत्रको समग्र विकास, विरासत संरक्षण, तिर्थयात्री सुविधा औ सांस्कृतिक पूर्वाधारको लागि पर्याप्त धनराशि उपलब्ध गराउने घोषणा पनि गरिएको छ। साथै वैष्णव परम्परालाई संस्थागत मजबुती प्रदान गर्नको लागि असम सत्र आयोगको गठन गरिनेछ।
राज्य सरकारले राष्ट्रिय स्तरमा असमको संस्कृतिलाई प्रोत्साहित गर्ने उद्देश्यले नयाँ दिल्लीमा भव्य बिहू उत्सवको आयोजन गर्नेछ। यस अतिरिक्त अहोम सेनापति लचित बरफूकन र स्वतन्त्रता सेनानी शहीद कुशल कोँवरको जीवनमाथि विश्वस्तरीय फीचर फिल्म निर्माण गर्नको लागि आर्थिक सहायता प्रदान गर्नेछ। भारत रत्न डा. भूपेन हजारिकाको जन्मशती समारोहको भव्य समापन पनि नयाँ दिल्लीमा आयोजना गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा