असमः वित्त मन्त्रीले आज सदनमा पेश गर्नेछन् वर्ष 2026-27-को पूर्ण बजट
असमः वित्त मन्त्रीले आज सदनमा पेश गर्नेछन् वर्ष 2026-27-को पूर्ण बजट


गुवाहाटी, 10 जुलाई (हि.स.)। 16औं असम विधानसभाको बजट सत्रको पाँचौं दिन आज सदनमा बजट पेश गरिनेछ। मुख्यमंन्त्री डा. हिमन्त बिस्व सरमा नेतृत्वाधिन दोस्रो कार्यकालमा वित्त मन्त्री जयन्त मल्लबरुवाले आज विधानसभामा वर्ष 2026-27 को पूर्ण बजट पेश गर्नेछन्। सदनमा वित्त मन्त्रीद्वारा पेश गरिने वर्ष 2026-27-को पूर्ण बजटमा आम जनताका आशाहरूलाई पूरा गर्ने आशा छ।

ज्ञात रहोस्, गत 6 जुलाईदेखि शुरू भएको बजट सत्र आगामी 31 बजटसम्म चल्नेछ। यो सत्र 16 कार्यदिवसहरूको हुनेछ भने यसमा केही महत्वपूर्ण विधेयक तथा मागहरूमाथि चर्चा गरिनेछ।

उल्लेखनीय छ, 15औं असम विधानसभाको अन्तिम बजट (ग्रान्ट) सत्रमा 17 फरवरीमा वित्त मन्त्री अजन्ता नेओगले वित्तीय वर्षको पहिलो चार महिना (मार्चदेखि जून) -को लागि आवश्यक खर्च उठाउनको निम्ति सदना ग्रान्ट प्रस्तुत गरेकी थिइन्। आम रूपमा चुनाउको वर्षमा नयाँ सरकार गठन नहुञ्जेलसम्म सरकारी कामकाज चलाउनको लागि पूर्ण बजटको सट्टा अस्थायी ग्रान्ट नै लिइन्छ। पूर्ण बजट अनुमोदन नहुञ्जेलसम्म अन्तरिम अवधिको लागि सरकारमा वित्तीय अव्यवस्था उत्पन्न हुन नदिनकोलागि ग्रान्ट (बजट) पेश गरिन्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande