
कछार (असम), 10 जुलाई (हि.स.)। कछार पुलिसले सिलचरको श्रीकोना क्षेत्रमा विशेष अभियान सञ्चालन गरी 7 किलो 23 ग्राम वजन भएको 112 टुक्रा संदिग्ध नक्कली सुन सहित एकजना व्यक्तिलाई पक्राउ गऱ्यो।
पुलिसले आज बतायो, गुप्त सूचनाको आधारमा सञ्चिलत यस अभियानमा आशिष कुमार राय (50)-लाई हिरासतमा लिइयो। उसको कब्जाबाट जफत गरिएको संदिग्ध नक्कली सुनलाई स्वतन्त्र गवाहहरूको उपस्थितिमा जफत गरियो।
पुलिसले बतायो, मामिलामा आवश्यक कानूनी कारबाही शुरू गरिएको छ तथा अग्रिम जाँच भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा