सरकारी बसको चपेटमा परेर बटुवाको मृत्यु, केही घाइते
सरकारी बसको चपेटमा परेर बटुवाको मृत्यु, केही घाइते


सिलगढ़ी, 10 जुलाई (हि.स.)। बागडोगराको बिहार मोड़मा शुक्रवार बिहान भएको एक सड़क दुर्घटनामा एक जना व्यक्तिको मृत्यु भयो भने केही यात्रीहरू घाइते भए। दुर्घटना त्यसबेला भएको हो जतिबेला उत्तर बङ्ग राज्य परिवहन निगमको एउटा बस इस्लामपुरदेखि सिलगढ़ी तर्फ गइरहेको थियो।

भनिन्छ, बिहार मोड़को छेउमा पुग्नसाथ बसबाट अचानक तीव्र आवाज आउनथाल्यो। यान्त्रिकी खराबीको कारणले बस चालकले नियन्त्रण गुमायो। अनियन्त्रित बस सड़कमा जता-ततै गुड़्न थाल्यो जसबाट यात्रीहरूमा कोकोहोलो मचियो।

यसै अवधि मोड़िने क्रममा बसले सड़क पारिरहेको एकजना व्यक्तिलाई ठक्कर दियो। ठक्कर लागेपछि बस उछिटिएर फ्लाइओभरको पिलरमा ठोक्कियो। यस घटना एकजना बटुवाको घटनास्थलमै मृत्यु भयो।

बसमेा सवार केही यात्रीहरू पनि घाइते भएका छन्। मृतकको पहिचान अहिलेसम्म हुन सकेको छैन।

घटनाको सूचना पाउनसाथ बागडोगरा थाना पुलिस औ ट्राफिक गार्ड घटनास्थलमा पुग्यो। पुलिसले शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा पठाइदिएको छ।

क्रेनको मद्दतले दुर्घटनाग्रस्त बसलाई थानामा लगिएको छ। हाल पुलिस सम्पूर्ण मामिलाको जाँचमा जुटेको छ। दुर्घटनापछि चालक अनि खलासी घटनास्थलबाट भागेको बताइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande