बिहारको मधुबनीमा डायल 112 को टीममाथि हमला
बिहारको मधुबनीमा डायल 112 को टीममाथि हमला


मधुबनी, 10 जुलाई (हि.स.)। बिहारको मधुबनी जिल्लाको बेनीपट्टी थाना अन्तर्गत बगवासा गाउँमा डायल 112 टोलीमाथि मो अब्दुलले फलामको रडले आक्रमण गरे, जसमा हवल्दार मो सद्दामको टाउकोमा चोट लाग्यो र रडबाट आफूलाई बचाउन खोज्दा उनको राइफल भाँचियो। आक्रमणमा हवल्दार मो लाल पनि घाइते भए।

एसआई कमलेश कुमारले बताए, शुक्रवार बिहान लगभग 4.30 बजी बगवासाका तरकारी विक्रेता मुकेश कुमारले 112 मा फोन गरेर उनका छिमेकी मो अब्दुलले उनलाई चक्कुले आक्रमण गरिरहेको जानकारी दिए। उनी त्यस बिहान तरकारी किन्न घरबाट निस्केका थिए। मो अब्दुल र मुकेशबीच कुनै विषयमा झगड़ा भयो। मुकेशको उजुरीको आधारमा 112 पुलिस गाउँमा आइपुगेको थियो।

मो अब्दुललाई बुझाइरहेको बेला उनले हवल्दार मो लाल र मो सद्दाममाथि आक्रमण गरे। आफूलाई बचाउन मो सद्दामले आफ्नो राइफल अगाड़ी गरे, जसमा उनरो राइफल भाँच्यो। सोही रडले मो सद्दामको टाउकोमा पनि चोट लाग्यो, जसबाट उनको टाउँको फुट्यो। आक्रमणमा मो लाल पनि घाइते भए। पुलिसले मो अब्दुललाई हिरासतमा लिएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande