
इम्फाल, 10 जुलाई (हि.स.)। मणिपुरमा सुरक्षा बलहरूले बितेको 24 घण्टाभित्रमा सञ्चालित भिन्न-भिन्न अभियानहरूमा एक जना संदिग्ध गाँजा तस्कर तथा दुई जना सक्रिय उग्रवादी क्याडरहरूलाई पक्राउ गरेका छन्। यस अवधि लगभग 3.2 किलोग्राम संदिग्ध गाँजा जफत गरियो भने अपहरण अनि रङ्गदारीसित सम्बन्धित मामिलाहरूमा प्रयोग गरिएको एउटा कारलाई पनि जफत गरियो।
आज दिइएको आधिकारिक जानकारी अनुसार गए 9 जुलाईका दिन इम्फाल एयरपोर्टमा सुरक्षा बलहरूले विष्णुपुर जिल्लाको मोइराङ्ग कुमामल्याकाई निवासी अल्बर्ट कुमाम (28)-लाई पक्राउ गरे जसको सामानहरूको जाँच गर्दा लगभग 3.2 किलोग्राम संदिग्ध गाँजा भेटियो।
यसअघि इम्फाल पश्चिम जिल्लाको सिङ्गजामेई थाना क्षेत्रको चिङ्गामाखा ओइनाम ल्याराकबाट केसीपी (नोङ्गद्रेनखोम्बा)- का सक्रिय क्याडर बेला ओइनाम (25) र यूएनएलएफ (पी)- का सक्रिय क्याडर नवाज खान (32)-लाई पक्राउ गरियो। यी दुई आरोपीहरूको कब्जाबाट एउटा मारुति सुजुकी बलेनो कारलाई जफत गरियो। सुरक्षा एजेन्सीहरू अनुसार आरोपी दुवै पहिलाबाटै अपहरण रङ्गदारी जस्ता मामिलाहरूमा संलिप्त रहिआएका छन्। मामिलाको अग्रिम जाँच भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा