नशामा चुर प्रधानाध्यापकले श्रेणी कक्षमा सुतेर अश्लील गीतको आनन्द उठाइरहेको भीडियो भाइरल
नशामा चुर प्रधानाध्यापकले श्रेणी कक्षमा सुतेर अश्लील गीतको आनन्द उठाइरहेको भीडियो भाइरल


महोबा, 10 जुलाई (हि.स.)। यूपीको महोबा जिल्लास्थित एक सरकारी स्कूलको भीडियो इन्टरनेटमा द्रूत गतिमा भाइरल भइरहेको छ। भीडियोमा शिक्षकलाई नशामा चुर भएर ज्ञानको मन्दिरभित्रै एलईडीमा अश्लील गीतहरू बजाएर बेञ्चमा सुतेर मनोरञ्जन गरिरहेको देखिएको छ भने उनको नजिकै अन्य सामानहरू पनि राखिएको देखिएको छ। ग्रामीणहरूको सिकायतमा बीएसएले शुक्रवार मामिलाको जांच गर्ने निर्देश दिएको छ।

जिल्लाको चरखारी विकास खण्डको टिकरी गाउँको प्राथमिक विद्यालयको भीडियो इन्टरनेटमा भाइरल भइरहेको छ। भाइरल भीडियोमा स्कूलको स्मार्ट क्लासरूममा रहेको एलइडीमा अश्लील भाेजपुरी गीत बजिरहेको छ भने अर्कोतिर बेञ्चमा सुतेर नशामा चुर प्रधानाध्यापकले अश्लील गीतको आनन्द लिरहेका छन्।

भनिन्छ, ग्रामीणहरूले दुई दिनअघि मात्र शिक्षकको गतिविधिदेखि दिक्क भएर बीएसए राहुल मिश्रालाई सिकायत पत्र सुम्पिँदै बताएका थिए, जिल्लाको काली पहाड़ी गाउँ निवासी रमेश चन्द्र गाउँको प्राथमिक विद्यालयमा प्रधानाध्यापक पदमा तैनाथ छन् जसले विद्यालयको अफिसमै निवासस्थान बनाएका छन्, अधिकांश समय नै मातेका हुन्छन्, नानीहरू अनि अभिभावकहरूसित अभद्र भाषा प्रयोग गर्दछन्। कहिले-कहिले त तिनले स्कूलका अन्य शिक्षक एवं गाउँका मानिसहरूसित ऋणमा पैसा माग्छन् जसले गर्दा स्कूलको नाम बदनाम भइरहेको छ। यसको साथै ग्रामीणहरूले आरोप लगाए, गाउँका अराजकतत्वहरूसित राती विद्यालय परिसरमै रक्सी पार्टी गरिन्छ। स्कूलको समयमा प्रधानाध्यापक अण्डरबियर र तौलियामा मात्र ब सेका हुन्छन्। गाउँका मानिसहरूले केही भन्यो भने ह रिजन एक्ट अन्तर्गत मुद्दा दर्ता गर्ने धम्की दिन्छन्।

यस मामिलालाई लिएर शुक्रवार बीएसए राहुल मिश्राले बताए, जाँच गराइँदैछ। जाँच रिपोर्ट आउनसाथ शिक्षकविरूद्ध कड़ा कारबाही गरी विभागीय कारबाही गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande