
नयाँ दिल्ली, 10 जुलाई (हि.स.)। बाहिरी उत्तरी जिल्लाको अलिपुर क्षेत्रमा गए बिहीवार अबेर राती दुई वटा गोदाममा आगो लाग्यो। आगलागीको यस घटनापछि क्षेत्रमा कोकोहोलो मचियो। द्रूत गतिमा फैलिएको आगोले क्षणभरमै दुवै गोदामलाई आफ्नो चपेटमा लियो। गोदामहरूमा प्रचुर मात्रामा राखिएका फयल पेपर र कार्डबोर्ड रोल जलेर खरानी भयो। सूचना पाउनसाथ दमकलका वाहनहरू घटनास्थलमा पुगे। आगोलाई निभाउन दमकल कर्मीहरूलाई लगभग अढ़ाई घण्टासम्म कड़ा परिश्रम गर्नुपऱ्यो। राहतको के छ छ भने यस घटनामा कुनै पनि प्रकारको जनहानि भएको सूचना प्राप्त भएको छैन।
दिल्ली दमकल विभागका जनसम्पर्क अधिकारी राजेन्द्र अटवालले शुक्रवार बताए, गए बिहीवार राती लगभग एक बजे अलिपुरस्थित वाली गल्लीको गल्ली नम्बर-10 मा अवस्थित एउटा गोदाममा आगो लागेको सूचना कनन्ट्रोल रूमलाई प्राप्त भयो। सूचना पाउनसाथ 6 वटा वाहनहरूलाई घटनास्थलमा पठाइयो।
दमकल कर्मीहरू घटनास्थलमा पुग्दासम्ममा आगो टिनको शेड मुनि राखिेका ज्वलनशील पदार्थहरूमा द्रूत गतिमा फैलिसकेको थियो। स्थितिको गम्भीरतालाई मध्यनजर गर्दै राती 1:20 बजे सात थप वाहनहरूलाई प्रस्थान गराइयो। आगोको भयानक रूपलाई देखेर राती 2:05 बजे यसलाई 'मेक-6' कल घोषित गरियो।
दमकल अधिकारीहरू अनुसार शुरुआती जाँचमा आगो लगभग 150 वर्ग गज क्षेत्रमा निर्मित टिनको शेड मुनि राखिएको फयल पेपर रोल्समा लागेको थियो, तर केही क्षणमै नजिकै रहेको अर्को गोदामसम्म आगो फैलियो। राती लगभग 2:28 बजे मण्डल अधिकारी राजेश कुमारले मुख्यालयलाई सूचना दिए, आगो दुई वटा भिन्न गोदामहरूमा फैलिसकेको छ, त्यसैले अतिरिक्त अधिकारीहरूको खाँचो छ। त्यसपछि एडीओ ए.के. शर्मालाई पनि घटनास्थला पठाइयो।
दर्जनौं दमकल कर्मीहरू लगातार कैयौं घण्टासम्म आगो निभाउने अभियानमा लागिरहे। अन्ततः बिहान लगभग 3 बजे आगोलाई पूर्ण रूपले नियन्त्रण गरेको सन्देश मुख्यालमा पठाइयो। पछि बिहान 3:15 बजे अन्तिम 'स्टप फायर' सन्देश जारी गरियो। आगो निभाइसकेपछि पनि दमकल कर्मीहरूले लामो समयसम्म कुलिङ्ग अपरेशनलाई जारी राखे।
यस घटनामा दुवै गोदामा राखिएको लाखौं रुपियाँको सामान जलेर नष्ट भयो। आगलागीको कारण अहिले पत्तो लागेको छैन। दमकल विभाग र सम्बन्धित एजेन्सीहरूले जाँच गरिरहेका छन्। प्रारम्भिक रूपमा शर्ट सर्किट सहित अन्य सम्भावित कारणहरूको जाँच गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा