स्वतन्त्रता दिवस फूटबल अनि म्याराथान दौड प्रतियोगितालाई लिएर खरसाङ महकुमा खेलकूद संघको सभा
Football tournament


खरसाङ, 10 जुलाई (हि.स.)। 80औं स्वतन्त्रता दिवस फुटबल अनि म्याराथान दौड प्रतियोगिता विषयलाई लिएर शुक्रवार खरसाङ महकुमा खेलकुद संघको एउटा महत्वपूर्ण सभा संघको कार्यालयमा संघका अध्यक्ष मोहन योञ्जनको अध्यक्ष्यतामा सम्पन्न भयो।

सभामा संघका सचिव निर्मल गुरुङले विगतका वर्षहरुमा संघले भोग्नु परेको आर्थिक समस्याहरुको उल्लेख गर्दै त्यस विषम परिस्थितिमा पनि 1960 सालदेखि चल्दै आएको यस परम्परालाई यथावत राख्न सकेको बताए। उनले 80औं स्वतन्त्रता दिवस आयोजन समितिको बैठकमा उक्त समस्या राखिएको र यसपटक संघले सम्भवत आर्थिक समस्या झेल्नु नपर्ने आश्वासन पाएको बताए।

सोही अनुरुप सभाले सर्वसम्मतिमा स्वतन्त्रता दिवस फुटबल अनि म्याराथान दौड प्रतियोगिता आयोजना गर्ने निर्णय लिइको बताए। यस वर्षदेखि महिला अनि पुरुष वर्गका विजेताहरुका लागि पुरस्कार राशि वृद्धि गरिएको छ। यी दुवै वर्गका बिजेताहरुले आकर्षक ट्रफी अनि मेडलका साथै क्रमशः 20 हजार, 10 हजार अनि 5 हजार रुपियाँ नगद प्रदान गरिने छ। यसैगरी, चौथो स्थानदेखि 10औं स्थानमा आउने प्रतियोगीहरुलाई मेडल र प्रमाण पत्रसहित एक हजार प्रदान गरिने छ। यसमा भाग लिने इच्छुक प्रतियोगीहरुले पंजीकरण शुल्क 6 सय रूपियॉं बुझाउनु पर्नेछ।

यसरी नै 80औं स्वतन्त्रता दिवस फुटबलमा भाग लिने इच्छुक क्लब, स्कूल आदिले आगामी 31 जुलाईभित्र आ आफ्नो नाम दर्ता गराइसक्नु पर्ने संघका महासचिव निर्मल गुरुङले बताएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande