अविरल वर्षाको कारणले कोलकाताका कतिपय स्थानहरू जलमग्न, सड़क यातायात तथा हवाई सेवा प्रभावित
अविरल वर्षाको कारणले कोलकाताका कतिपय स्थानहरू जलमग्न, सड़क यातायात तथा हवाई सेवा प्रभावित


कोलकाता, 10 जुलाई (हि.स.)। कोलकाता सहित वरपरका क्षेत्रहरूमा गए बिहिवार रातिदेखि नै परिरहेको पानीले जनजीवनलाई पूर्ण रूपमा प्रभावित पारेको छ। शहरका प्रमुख सड़कहरूमा पानी भरिएकोले यातायात बाधित भएको छ भने स्कूल, कलेज तथा कार्यालय जाने मानिसहरूलाई ठूलो असुविधा भइरहेको छ। मौसम विभागले आगामी सोमवारसम्म वर्षा, मेघ गर्जन अनि तीव्र हावा चल्ने पूर्वानुमान जारी गरेको छ।

गए बिहिवार रातिदेखि शुरू भएको वर्षा शुक्रवार बिहानसम्म लगातार भइरहेको थियो। अपरान्हको समयमा धर्मतला, सेन्ट्रल एभेन्यू र मध्य कोलकाताका केही भागहरूमा तीव्र वर्षा भयो। स्ट्र्याण्ड रोडमा एउटाठूलो रूख ढलेर यातायात प्रभावित भयो। तथापि दक्षिण कोलकातामा वर्षाको तीव्रता अपेक्षाकृत कम रह्यो।

सबैभन्दा अधिक समस्या भीआईपी रोड र चिनार पार्क क्षेत्रमा देखियो। 45 नम्बर बस स्ट्याण्ड पूर्ण रूपले पानीमा डुबेको छ भने त्यहाँ राखिएका बसहरूको चक्कासम्म पानी पुगेको छ। भीआईपी रोड भएर गुज्रिरहेको कार बीच सड़कमा बन्द भयो जसको आधा भाग पानीमा डुब्यो जसलाई पछि क्रेनको मद्दतले हटाइयो। धेरै वटा मोटरसाइकल र स-सानो कारहरूको इञ्जीन पनि पानीमा खराब भयो जसले गर्दा सड़कमा लामो जाम लाग्यो।

चिनार पार्क अतिरिक्त कैखाली, दमदम, बरानगर, ब्यारकपुर औ सोदपुर जस्ता तल्लो क्षेत्रहरूमा जलभराउको स्थिति उत्पन्न भएको छ। कोलकाता एयरपोर्ट जाने सड़कमा पनि पानी भरिएकोले यात्रीहरूलाई समस्या भयो। प्रतिकूल मौसमको कारणले केही समयसम्म उड़ान सेवाहरू प्रभावित भएको समाचार छ।

कोलकाता नगरनिगमको निकासी विभागका अधिकारीहरूले भने, हाल स्थिति नियन्त्रणमा छ। शहरमा अहिले असामान्य स्तरको वर्षा भएको छैन।जल निकासीको लागि बुस्टर पम्प, सानो-ठूलो पम्पिङ्ग स्टेशन तथा लकगेट पूर्ण रूपले सक्रिय छ भने निकासी कर्मीहरू निरन्तर सड़कहरूमा खटिरहेका छन्। यदि एक घण्टामा 50 मिलीमीटरभन्दा अधिक वर्षा भएको भए जलभराउको समस्या बढ़्नसक्थ्यो, तर त्यसको पनि पूर्ण तयारी गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande