लङ्भ्यूमा 9औं चरणको भोक हड्ताल समाप्तिपछि दशौं चरणको अनशन शुरु
Longview dharna


खरसाङ, 10 जुलाई (हि.स.)। खरसाङको लङ्भ्यूमा चलिरहेको ७२ घण्टाको अनशनको 9औं चरणको भोक हड्ताल शुक्रबार समाप्त भएको छ भने दशौं टोलीले शुक्रबारदेखि दशौं चरणको ७२ घण्टे अनशन शुरु गरेको छ।

लङ्भ्यू चिया बगानका श्रमिकहरूले १२ करोड रुपियाँ पीएफ, ८४ लाख रुपियाँ उपदान, २० लाख रुपियाँ एलटीए र बाँकी रहेको ज्याला र तलब सहितको भुक्तानीको माग गर्दै विरोध प्रदर्शन गरिरहेका छन्। यहाँका श्रमिकहरू विगत ५० दिनदेखि भोक हड्तालमा थिए। यद्यपि, मालिक गोविन्द गर्ग र सम्बन्धित श्रम तथा पीएफ विभागबाट उचित प्रतिबद्धताको अभावका कारण ७२ घण्टाको भोक हड्ताल १३ जूनबाट शुरु गरिएको थियो।

आज ७२ घण्टाको भोक हड्तालको 9औं चरण पूरा भएको छ। साथै, लङ्भ्यूको साई मन्दिर परिसरमा ७२ घण्टाको भोक हड्तालको दसौं चरण जारी रहनेछ। ७२ घण्टाको 9औं चरणको अनशन बस्नेहरुमा रश्मी तामाङ (४० वर्ष), रत्ना गुरुङ (४८ वर्ष), प्रतिमा गोले (४७ वर्ष) आदि रहेका छन्।

त्यसपछि, ७२ घण्टा अनशनको दशौं चरणमा सहभागिता जनाउनेहरुमा मञ्जु मोक्तान ( 41 वर्ष), अञ्जु राई ( 54 वर्ष), समिक चक्रवर्ती ( 51 वर्ष) आदि रहेका छन्।स्वास्थ्यकर्मीहरूले अनशनरतहरूको नियमित स्वास्थ्य जाँच गरिरहेका छन् र आवश्यक उपचार र अनुगमन गरिरहेका छन्।

प्रदर्शनकारीहरूले फेरि एक पटक सम्बन्धित पक्षहरूलाई आफ्ना जायज मागहरूलाई तुरुन्तै सम्बोधन साथै समाधान गर्न आग्रह गरेका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande