बकलियाघाटमा भयानक सड़क दुर्घटना, एकजना युवकको मृत्यु, दुई जना घाइते
बकलियाघाटमा भयानक सड़क दुर्घटना, एकजना युवकको मृत्यु, दुई जना घाइते


कार्बी आङ्गलोङ्ग (असम), 10 जुलाई (हि.स.)। जिल्लाको बकलियाघाट बाइपासमा शुक्रवार भएको एक भीषण सड़क दुर्घटनामा एकजना स्कुटी सवारको घटनास्थलमै मृत्यु भयो भने अन्य दुई जना युवकहरू गम्भीर रूपमा घाइते भए।

आज प्राप्त जानकारी अनुसार सारमन तेरोन, हारमन इङ्गती औ खरसिङ्ग रोङ्गपी नामक तीनजना युवकहरू स्कुटीमा सवार भएर मञ्झा तर्फ गइरहेका थिए। यसै अवधि बकलियाघाट बाइपासमा पुगेपछि उनीहरूको स्कुटी दुर्घटनाग्रस्त भयो। यस भयानक दुर्घटनामा सारमन तेरोनको घटनास्थलमै मृत्यु भयो।

दुर्घटनामा घाइते हारम इङ्गती तथा खरसिङ्ग रोङ्गपीलाई स्थानीय मानिसहरू तथा पुलिसको सहयोगमा तत्कालै अस्पतालमा पुऱ्याइयो।पुलिसले मामिलाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande