दिघाको शङ्करपुरबाट समुद्रमा गएका 16 जना मछुआरा बेपत्ता
दिघाको शङ्करपुरबाट समुद्रमा गएका 16 जना मछुआरा बेपत्ता


पूर्व मेदिनीपुर, 10 जुलाई (हि. स.)। मेदिनीपुर जिल्लाको शङ्करपुरबाट गहिरो समुद्रमा माछा समात्न गएका माँझी सहित 16 जना मछुआराहरू बेपत्ता भएको घटनापछि तटीय क्षेत्रमा गहिरो चिन्ता व्याप्त भएको छ। कैयौं दिन बितिसक्दा पनि उनीहरूको बारेमा सुइँको समेत नपाएको कारणले सम्बन्धित परिवारहरू चिन्तित भएका छन्।

प्राप्त जानकारी अनुसार गत दुई जुलाईको दिन शङ्करपुर मत्स्य बन्दरगाहबाट जय माँ काली नामक एउटा माछा समात्ने ट्रलर गगहिरो समुद्र तर्फ प्रस्थान भएको थियो। यस ट्रलरमा माँझीसहित 16 जना मछुआराहरू सवार थिए। निर्धारित समय बितिसक्दा पनि ट्रलर बन्दरगाहमा फर्केर नआएको तथा उनीहरूसित सम्पर्क पनि हुन नसकेको कारणले चिन्ता अझ गहिरिँदै गइरहेको छ।

गए बिहीवार राति घटना संज्ञानमा आएपछि शङ्करपुर फिशरम्यान फिश ट्रेडर्स एसोसिएशनका सचिव तथा पूर्व विधायक स्वदेश रञ्जन नायकले मामिलाको जानकारी सम्बन्धित प्रशासनिक अधिकारी एवं विभिन्न विभागहरूलाई दिएका छन्। साथै बेपत्ता ट्रेलर र मछुआराहरूलाई चाँड़ै खोज्नको लागि आवश्यक कदम उठाउने अनुरोध गरिएको छ।

मछुआरा सङ्गठनको पक्षबाट समुद्र अनि आकाश मार्गबाट व्यापक खोजी अभियान सञ्चालन गर्ने माग गरिएको छ। विशेष रूपमा हेलिकप्टरको माध्यमबाट खोजी अभियान सञ्चालन गर्ने अपील गरिएको छ ताकि बेपत्ता मछुआराहरूको बारेमा शीघ्र पत्तो लगाउन सकियोस्। यता परिवारजन अनि प्रियजनहरू सकुशल फर्किने आशामा प्रतीक्षा गरिरहेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande