
सोनादा, 10 जुलाई (हि.स.)। सिक्किमको सोरेङमा आयोजना भइरहेको 212औँ भानु जयन्ती समारोहमा राष्ट्रिय स्तरीय स्वरचित कविता पाठ प्रतियोगितामा सोनादा डिग्री कलेजकी छैटौं सत्रकी छात्रा रोशनी छेत्रीले पनि सहभागिता जनाइन्। पहिलो चरणमा भारतभरिका चालिसवटा कलेजका विद्यार्थीहरुले भाग लिए तापनि अन्तिम चरणमा पन्ध्र वटा कलेजका विद्यार्थीहरु मात्र पुग्न सक्षम भएको आयोजक समितिले जानकारी दिएका छन्।
हिजो सम्पन्न भएको अन्तिम राउण्डमा शीर्ष तीनमा पुग्न नसके तापनि रोशनी छेत्रीले आफ्नो सुन्दर प्रस्तुतिको लागि आयोजक समितिको तर्फबाट प्रमाण पत्र, स्मृति चिन्ह प्राप्त गरेकी छन्। रोशनी छेत्रीको यस उपलब्धिको लागि कलेज परिवारले उनलाई बधाई र शुभकामना दिएको सोनादा डिग्री कलेजका उप प्राध्यापक मेघनाथ छेत्री जानकारी दिएका छन्।
हिन्दुस्थान समाचार / हनोक