
जिन्द, 10 जुलाई (हि.स.)। राज्यसभा सांसद एवं भाजपा पूर्व प्रदेशाध्यक्ष सुभाष बरालाले भने, राजनीतिक दृष्टिले हरियाणाको मुटु मानिने जिन्दलाई वर्षौंंसम्म विपक्षी दलहरूले आफ्नो राजनीतिक लचिङ्गको मञ्च मात्र बनाए, तर भाजपाले जिन्दलाई याँ दिशा तथा नयाँ दशा दिने कार्य गरेको छ।
भाजपाको डबल इञ्जिन सरकारले जिन्दको विकासलाई प्राथमिकता दिँदै यसलाई आधुनिक तकनिक, रेलवे विकास औ निवेशको नयाँ केन्द्र बनाउने ठोस योजना तयार गरेको छ। देसको पहिलो हाइड्रोजन सञ्चालित ट्रेनको शुरूआत जिन्दबाटै हुनु भनेको हरियाणा मात्र नभएर सम्पूर्ण देशको लागि गौरवको विषय हो।
राज्यसभा सांसद एवं भाजपा पूर्व प्रदेशाध्यक्ष सुभाष बराला शुक्रवार पीडब्ल्यूडी रेस्ट हाउसमा पत्रकारहरूसित बातचित गर्दै भने, आगामी 17 जुलाईको दिन हरियाणाको इतिहासमा विकास, आधुनिक तकनिक औ भविष्यका नयाँ सम्भावनाहरूको प्रतीक बन्न गइरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको जिन्द भ्रमण उद्घाटन कार्यक्रम मात्र होइन विकसित हरियाणाको नयाँयुगको शुभारम्भ हो। यसबाट जिन्दको पहिचान विश्व स्तरमा स्थापित हुनेछ अनि यो शहरले भविष्यको तकनिकको मानचित्रमा आफ्नो भिन्नै पहिचान बनाउनेछ।
उनले भने, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारत ग्रीन एनर्जी औ क्लीन मोबिलिटीको दिशामा द्रूत गतिमा अग्रसर भइरहेको छ। हाइड्रोजन ट्रेनको शुभारम्भ यस कुराको प्रमाण हो कि भारत अब नयाँ तकनिकहरूको उपभोक्ता मात्र होइन, त्यसको नेतृत्व गर्ने देश भइरहेको छ। हरियाणा यस परिवर्तनको सबैभन्दा महत्वपूर्ण सहभागी बन्नेछ।
राज्यसभा सांसद बरालाले भने, प्रधानमन्त्रीको यो दौड़ाह हरियाणामा अघिल्लो चरणको ठूलो इन्फ्रास्ट्रक्चर निवेशको सङ्केत पनि हो। राष्ट्रिय राजमार्गहरू, एक्सप्रेसवे, रेलवे नेटवर्क औ आधुनिक लजिस्टिक कोरिडोरको एकीकृत विकासले प्रदेशको अर्थव्यवस्थालाई नयाँ गति दिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा