नर्सिङ्ग होमा आगलागी, रोगीहरूमा भय व्याप्त
नर्सिङ्ग होमा आगलागी, रोगीहरूमा भय व्याप्त


मुर्शिदाबाद, 10 जुलाई (हि.स.)। बरहमपुरको लालदिघी पार क्षेत्रमा शुक्रवार बिहान एउटा नर्सिङ्ग होममा आगलागी भएको कारणले रोगीहरूमा भय व्याप्त भयो। तथापि यस घटनामा कुनै पनि प्रकारको मानवीय क्षति भएको समाचार प्राप्त भएको छैन।

सूत्र मुताविक शुक्रवार बिहान नर्सिङ्ग होमको एक भागमा तीव्र आवाज सुनियो। थाहा लागे अनुसार एउटा अक्सीजनको सिलेण्डर विस्फोट भएर आगो फैलिनथाल्यो। घटनाको सूचना दमकल विभागलाई दिइयो। सूचना पाएर दमकलको इञ्जीन घटनास्थलमा आइपुग्यो अनि द्रूत गतिमा आगोलाई निभाउनमा जुट्यो। दमकल कर्मीहरूले केही समयपछि आगोलाई नियन्त्रण गरे। वार्डमा भर्ती बाल-बालिकाहरूलाई तत्परताले बाहिर निकालियो। आगलागीको कारण पत्तो लगाउन पुलिसले घटनाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande