
गेजिङ, 10 जुलाई (हि.स.)। पर्यटन तथा नागरिक उड्डयन विभाग मन्त्री एवं युक्सम-टाशीडिङ निर्वाचन क्षेत्रका विधायक छिरिङ टी. भोटियाले आज आफ्नो निर्वाचन क्षेत्र भ्रमणको क्रममा सिमिचेन सरकारी प्राथमिक पाठशालाको पूर्वाधारको निरीक्षण गरे। मन्त्रीसँग युक्समका बीडीओ सन्मान सुब्बा, पीआरआईका सहायक निर्देशक जीआर छेत्री, विद्यालय प्रबन्धन समितिका सदस्यहरू, शिक्षकहरू र स्थानीयहरू पनि उपस्थित थिए।
भ्रमणको क्रममा मन्त्रीले कक्षाकोठा, प्रशासनिक खण्ड र दिवा भोजन भान्साको निरीक्षण गरे। उनले पाठशालाको समग्र पूर्वाधार र कार्यप्रणालीको उनले समीक्षा गरे। पाठशालाका अधिकारीहरूले विद्यार्थीहरूको लागि उपलब्ध सुविधाहरू र संस्थाको सञ्चालन आवश्यकताहरूको बारेमा मन्त्रीलाई जानकारी गराए।
अन्तरक्रियाको क्रममा एसएमसी सदस्यहरू र शिक्षकहरूले संस्थाको सुचारु सञ्चालन सुनिश्चित गर्न सुरक्षात्मक पर्खाल र अन्य आवश्यक पूर्वाधार आवश्यकताहरूलाई सम्बोधन गर्न मन्त्रीलाई अनुरोध गरे। मन्त्रीले सुरक्षात्मक पर्खाल उपलब्ध गराउने र पाठशालाका अन्य वास्तविक आवश्यकताहरूलाई पनि चरणबद्ध रूपमा विचार गर्ने आश्वासन दिए।
हिन्दुस्थान समाचार / बिशाल