
खरसाङ, 10 जुलाई (हि.स.)। गोर्खा जनमुक्ति मोर्चाले खरसाङ खण्ड अन्तर्गत घैयाबारी ग्राम पञ्चायत तीनको नयाँ बोर्डलाई बधाई तथा शुभकामना व्यक्त गर्दै विभिन्न विषयमा ज्ञापन पत्र बुझाएको छ। गोजमुमो घैयाबारीको एक टोलीले आज घैयाबारी ग्राम पञ्चायत तीन कार्यालय पुगेर नयाँ बोर्डका प्रधान मिट्ठु लामा राई, उप प्रधान महेश छेत्रीलाई बधाई दिॅंदै शुभकामना व्यक्त गरेको छ।
टोलीले जनताका विभिन्न समस्याहरुलाई समाधान गर्ने साथै जनताका विभिन्न आवश्यकताहरुलाई नयाँ बोर्डले पूरा गरिदिने आशा व्यक्त गरेको छ। यस टोलीमा गोजमुमो घैयाबारी शाखाबाट युवा मोर्चा महकुमा समिति सदस्य साथै घैयाबारीका संयोजक दीप सन्यासी, घैयाबारी तीन ग्राम पञ्चायत लोहर गैरीगाउँ महकुमा सदस्य नारी मोर्चा अञ्जली लामा आदि सामेल थिए।
हिन्दुस्थान समाचार / हनोक