एसडीएफले अप्पर लिङ्गी राहत शिविरहरूको भ्रमण गऱ्यो, द्रुत स्थायी पुनर्वासको लागि आह्वान
एसडीएफले अप्पर लिङ्गी राहत शिविरहरूको भ्रमण गऱ्यो


गान्तोक, 10 जुलाई (हि.स.)। सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) पार्टीको एक प्रतिनिधिमण्डलले आज अप्पर लिङ्गीस्थित डॉंड़ा खड्का सरकारी प्राथमिक विद्यालय र पर्यटन केन्द्रमा रहेको राहत शिविरहरूको भ्रमण गर्‍यो। उक्त राहत शिविरहरूमा हालैको पैह्रोबाट विस्थापित बनेका ३६ घरपरिवारहरूले आश्रय लिइरहेका छन्।

गत २७ जून, २०२६ मा भारी वर्षापछि गएको पैह्रोका कारण अप्पर लिङ्गी, डॉंड़ा खड्का मणिपुरी गाउँका प्रभावित परिवारहरू आफ्नो घर खाली गर्न र राहत शिविरहरूमा सर्न बाध्य बने। पैह्रो प्रभावित मानिसहरू त्यसबेलादेखि शिविरहरूमा बस्दै आएको एसडीएफले आज प्रेस विज्ञप्तिमा बताएको छ।

भ्रमणको क्रममा एसडीएफ प्रतिनिधिमण्डलले तत्काल सहयोग प्रदान गर्न र ऐक्यबद्धता व्यक्त गर्न पैह्रोबाट प्रभावित बासिन्दाहरूसँग अन्तरक्रिया गर्दै उनीहरूलाई राशन आपूर्ति र कम्बल सहित आवश्यक राहत सामग्रीहरू वितरण गर्‍यो। प्रतिनिधिमण्डलले एसडीएफ पार्टी अध्यक्ष पवन चामलिङको सन्देश सुनाउॅंदै पार्टी पीडितहरूको साथ दृढतापूर्वक उभिएको तथा सुरक्षित स्थानमा स्थायी पुनर्वासको मागलाई पूर्ण रूपमा समर्थन जनाएको छ।

एसडीएफले एसकेएम सरकार समक्ष सबै प्रभावित परिवारहरूको छिटोभन्दा छिटो स्थायी बसोबास सुनिश्चित गर्न तत्काल कदम उठाउन माग राखेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande