एसएफएद्वारा वार्षिक क्यालेन्डर सार्वजनिक, 16 जुलाईदेखि शुरू हुने
एसएफएद्वारा वार्षिक क्यालेन्डर सार्वजनिक, 16 जुलाईदेखि शुरू हुने गान्तोक, 10 जुलाई (हि.स.)। सिक्किम फुटबल एसोसिएशन (एसएफए) ले वर्षभरि आयोजना गरिने कार्यक्रमहरूको तालिका सार्वजनिक गरेको छ। एसएफएको वार्षिक कार्यक्रमको शुरुवात आगामी 16 जुलाईदेखि शुरू हुने भएको छ। उक्त जानकारी आज एसएफएले राजधानीको फुटबल हाउसमा आयोजित एक पत्रकार सम्मेलनमा दिएको छ। एसएफए महासचिव फुर्बा शेर्पाले एसएफएको वार्षिक कार्यक्रमहरू सार्वजनिक गर्दै आगामी 16 जुलाईदेखि ए डिभिजन लिग शुरु हुने जानकारी गराए। लिगमा राज्यका कुल 10 फुटबल क्लबहरूले भाग लिनेछन्। उनले यस पटक सिक्किमको इतिहासमै सबैभन्दा लामो खेल आयोजना हुने अवगत गराए। उनका अनुसार, अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ) को नयॉं नियम र विनियमहरूको आधारमा यसपाली 90 खेल खेलाइने छ। महासचिव शेर्पाले खेलाडीहरूको दस्तावेजीकरणलाई एआईएफएफले उच्च प्राथमिकता दिएकाले एसएफएले पनि यस विषयलाई गम्भीरतामा साथमा लिएको बताए। उनले राज्यका फुटबल क्लबहरूले आफ्ना खेलाडीहरूको दस्तावेजीकरणलाई गम्भीरताका साथमा नलिएको र लापरवाहीका कारण हाल निकै समस्या झेल्न परिरहेको बताए। उनले एआईएफएफको नयॉं नियम र विनियम अनुसार एआईएफएफद्वारा निर्धारित मापदण्ड पूरा नगर्ने खेलाडीहरूले एसएफएद्वारा आयोजना गरिने कुनै पनि खेलमा भाग लिन पाउने छैन भनी जानकारी गराए। यस अतिरिक्त, उनले फुटबल क्लबहरूको अनुरोधमा यसपाली फुटबल म्याचहरूको प्रत्यक्ष प्रसारण नगर्ने निर्णय लिएको बताए। उनले फुटबल म्याचहरूको प्रत्यक्ष प्रसारणका कारण म्याच फिक्सिङ जस्ता घटनाहरू हुने जोखिमलाई ध्यानमा राख्दै यस्तो निर्णय लिएको बताए। यसैगरी, महासचिव शेर्पाले एसएफएद्वारा आयोजना गरिने अन्य फुटबल प्रतियोगिताहरूको बारेमा पनि जानकारी गराए।


गान्तोक, 10 जुलाई (हि.स.)। सिक्किम फुटबल एसोसिएशन (एसएफए) ले वर्षभरि आयोजना गरिने कार्यक्रमहरूको तालिका सार्वजनिक गरेको छ। एसएफएको वार्षिक कार्यक्रमको शुरुवात आगामी 16 जुलाईदेखि शुरू हुने भएको छ। उक्त जानकारी आज एसएफएले राजधानीको फुटबल हाउसमा आयोजित एक पत्रकार सम्मेलनमा दिएको छ।

एसएफए महासचिव फुर्बा शेर्पाले एसएफएको वार्षिक कार्यक्रमहरू सार्वजनिक गर्दै आगामी 16 जुलाईदेखि ए डिभिजन लिग शुरु हुने जानकारी गराए। लिगमा राज्यका कुल 10 फुटबल क्लबहरूले भाग लिनेछन्। उनले यस पटक सिक्किमको इतिहासमै सबैभन्दा लामो खेल आयोजना हुने अवगत गराए। उनका अनुसार, अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ) को नयॉं नियम र विनियमहरूको आधारमा यसपाली 90 खेल खेलाइने छ।

महासचिव शेर्पाले खेलाडीहरूको दस्तावेजीकरणलाई एआईएफएफले उच्च प्राथमिकता दिएकाले एसएफएले पनि यस विषयलाई गम्भीरतामा साथमा लिएको बताए। उनले राज्यका फुटबल क्लबहरूले आफ्ना खेलाडीहरूको दस्तावेजीकरणलाई गम्भीरताका साथमा नलिएको र लापरवाहीका कारण हाल निकै समस्या झेल्न परिरहेको बताए।

उनले एआईएफएफको नयॉं नियम र विनियम अनुसार एआईएफएफद्वारा निर्धारित मापदण्ड पूरा नगर्ने खेलाडीहरूले एसएफएद्वारा आयोजना गरिने कुनै पनि खेलमा भाग लिन पाउने छैन भनी जानकारी गराए। यस अतिरिक्त, उनले फुटबल क्लबहरूको अनुरोधमा यसपाली फुटबल म्याचहरूको प्रत्यक्ष प्रसारण नगर्ने निर्णय लिएको बताए। उनले फुटबल म्याचहरूको प्रत्यक्ष प्रसारणका कारण म्याच फिक्सिङ जस्ता घटनाहरू हुने जोखिमलाई ध्यानमा राख्दै यस्तो निर्णय लिएको बताए।

यसैगरी, महासचिव शेर्पाले एसएफएद्वारा आयोजना गरिने अन्य फुटबल प्रतियोगिताहरूको बारेमा पनि जानकारी गराए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande