
आसनसोल, 11 जुलाई (हि.स.)। आसनसोल बजारमा नगरनिगम औ पुलिस प्रशासनद्वारा गए शुक्रवार सञ्चालित अतिक्रमण हटाऔं अभियानलाई लिएर उत्पन्न भएको विवादले रोकिने नाम लिएको छैन। अभियानपछि शनिवार आसनसोल उत्तरका भाजपा विधायक कृष्णेन्दु मुखर्जी बजारमा पुगे अनि प्रभावित पसलेहरूसित भेट गरी उनीहरूको समस्यालाई सुने।
यस अवधि विधायक कृष्णेन्दु मुखर्जीले भने, जुन ढङ्गमा अतिक्रमण हटाउने कारबाही गरिएको छ, त्यसलाई उनी समर्थन गर्दैनन्। उनको भनाइ थियो, पसलेहरूलाई पर्याप्त समय नदिई यस किसिमको कारबाही गर्नु उचित होइन। उनले आरोप लगाए, आसनसोल नगरनिगमका केही अधिकारीहरूले सुनियोजित ढह्गमा यस्तो कारबाही गरिरहेका छन् जसबाट शहरको माहोल अशान्तिपूर्ण होस्।
भाजपा विधायकले भने, एकजना जनप्रतिनिधि भएको नातामा उनले सम्पूर्ण मामिलालाई गम्भीर रूपमा उठाउनेछन्। जुन अधिकारीहरूको भूमिका संदिग्ध पाइन्छ, उनीहरूविरूद्ध एफआईआर दर्ता गर्ने पहल गर्नेछौं। उनले यो पनि दाबी गरे, राज्यको नगर विकास एवं नगरनिगम मामिलाकी मन्त्रीले कहिल्यै पनि पूर्व सूचना बिना तथा पर्याप्त समय नदिई यसरी अतिक्रमण हटाउने निर्देश दिन सक्दिनन्।
कृष्णेन्दु मुखर्जीले आरोप लगाए, नगरनिगमका केही अधिकारीहरूले आफ्नो कार्यशैलीबाट राज्य सरकारको छविलाई धमिल्याउने प्रयास गरेका छन्। उनले मामिलाको निष्पक्ष जाँच गराएर दोषीहरूविरूद्ध कारबाही गर्ने माग गरे।
आसनसोल नगरनिगमका विधायक कृष्णेन्दु मुखर्जी, मन्त्री अग्निमित्र पाल तथा कङ्ग्रेसका नेता प्रसनजीत पुइतुण्डी, शाह आलम खान हकर्स यूनियनका मानिसहरूले त्रिपक्षीय बैठक गरे। बैठकमा शुक्रवार फुटपाथमा चलेको बुलडोजर अभियानविरूद्ध कारबाहीको मुद्दामा चर्चा भयो। यस अभियानको लागि जिम्मेवार तीन जना मानिसहरूलाई कारण बताऊ नोटिस जारी गरियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा