डम्परको ठक्करले दुई युवकको मृत्यु
डम्परको ठक्करले दुई युवकको मृत्यु


बाक्सा (असम), 11 जुलाई (हि.स.)। असमको बाक्सा जिल्ला अन्तर्गत गोरेश्वरको शुवागपुरमा भएको एक पीड़ादायी वाहन दुर्घटनामा दुई जना युवकहरूको मृत्यु भयो। डम्परको ठक्करले दुवै युवकको घटनास्थलमै मृत्यु भयो।

पुलिसले शनिवार बतायो, मृतकहरूको पहिचान गौतम बोड़ो र द्वीपेन बोड़ोको रूपमा भएको छ। दुवै बोगामाटी पर्यटन स्थलबाट घर तर्फ फर्किरहेका थिए। यसै अवधि उनीहरूको वाहन डम्परको चपेटमा पऱ्यो। दुर्घटना भएको सूचना पाउनसाथ पुलिसले घटनास्थलमा पुगेर शवहरूलाई कब्जामा लिई पोस्टमर्टम गर्नको लागि पठाइदियो। पुलिसले मामिलाको जाँच गर्न शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande