
गुवाहाटी, 11 जुलाई (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले शनिवार गुवाहाटीको पल्टन बजारमा निर्माणाधिन असम पुलिस रिजर्भको आधुनिक आधारभूत संरचना परियोजनाको प्रगतिको समीक्षा गरे।
यस अवधि पत्रकारहरूसित बातचित गर्दै मुख्यमन्त्रीले भने, असम पुलिसले राज्यमा शान्ति, सुरक्षा अनि कानून व्यवस्थालाई कायम राख्नको लागि दिन-रात समर्पित भावले कार्य गरिरहेको छ। उनले भने, पुलिसकर्मीहरूको कार्य परिवेश, आवासीय सुविधा औ उनीहरूका परिवारहरूको जीवन स्तरमा सुधार ल्याउनु राज्य सरकारका प्रमुख प्राथमिकताहरूमा सामेल छ।
लगभग 606 करोड़ रुपियाँको लागतमा विकसित भइरहेको यस आधुनिक पुलिस रिजर्भ परियोजनामा 6 सयभन्दा अधिक पुलिस निरीक्षक, उपनिरीक्षक औ जवानहरूका लागि आवासीय सुविधा उपलब्ध गराइनेछ। यस अतिरिक्त परिसरभित्रै विद्यालय, मन्दिर, नामघर तथा खेल मैदान जस्ता सुविधाहरू पनि विकसित गरिनेछ।
मुख्यमन्त्रीले बताए, पान बजारमा 42 जना पुलिस अधिकारीहरूको लागि एउटा भिन्नै आवासीय भवन पनि निर्माण गरिँदैछ। उनले आशा व्यक्त गरे, महत्वाकाङ्क्षी परियोजना दिसम्बर, 2026 वा जनवरी, 2027 सम्ममा पूरा हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा