
गाजियाबाद, 11 जुलाई (हि.स.)। उत्तर प्रदेशको गाजियाबाद जिल्लाको नन्दग्राम थाना क्षेत्र अन्तर्गत राजनगर एक्सटेन्सनमा शनिवार निर्माणाधीन मल नजिकै रगतले लतपतिएको अवस्थामा सात वर्षीया बालिकाको शव फेला परेको छ। बालिकाको टाउको र अनुहारमा ढुङ्गाले प्रहार गरेर हत्या गरिएको छ। पुलिसले मृतक बालिकाको पहिचान गरी अनुसन्धान शुरु गरेको छ।
पुलिस उपायुक्त धवल जयसवालले मृतक बालिका निर्माणाधीन मलमा काम गर्ने मजदुर परिवारकी भएको बताए। परिवार अनुसार, हिजो राति उनीहरू आफ्नो बस्तीमा सुतिरहेका थिए। मध्यराततिर बालिका ओछ्यानमा भेटिएनन्। उनलाई अपहरण गरिएको, एकान्त स्थानमा लगिएको, बलात्कार गरिएको र त्यसपछि टाउकोमा प्रहार गरेर हत्या गरिएको आशंका गरिएको छ।
डीसीपीले बालिकाको शव फेला पारिएको र मेडिकल जाँचको लागि पठाइएको बताए। सीसीटीभी फुटेज जाँच भइरहेको छ र आरोपीलाई चाँड़ै पक्राउ गरिनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी