
गुवाहाटी, 11 जुलाई (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले भाजपाका नवनिर्वाचित विधायकहरूसित बैठक गरे। यस बैठकलाई सार्थिक बनाउँदै मुख्यमन्त्रीले भने, जनसेवाप्रति उनीहरूको प्रतिबद्धता औ राज्यको विकासका लागि उनीहरूको दृढ़ सङ्कल्प अत्यन्त प्रशंसनीय छ।
मुख्यमन्त्रीले सोशल मीडियामा आज साझा गरेका आफ्नो सन्देशमा भने, विधायकहरूसित विचार-विमर्श गर्ने क्रममा उनीहरूको सोच, कार्यप्रति समर्पण तथा जनताको सेवा गर्ने उत्साह स्पष्ट रूपमा देख्न पाइयो।
उनले विश्वास व्यक्त गरे, युवाशक्ति, अनुभव औ नयाँ सोचको समन्वयबाट गठित भाजपा विधायकहरूको टोलीले जनसेवालाई अझ प्रभावकारी, रचनात्मक तथा जनोन्मुखी बनाउनेछ। मुख्यमन्त्रीले सबै नवनिर्चावित विधायकहरूलाई शुभकामना दिँदै भने, उनीहरू जनताका अपेक्षाहरूमा खरो उत्रिनेछन् अनि विकसित असमको निर्माणमा महत्वपूर्ण भूमिका निभाउनेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा