दुर्गा स्टील प्लान्टमा दुर्घटना, श्रमिकको मृत्यु
दुर्गा स्टील प्लान्टमा दुर्घटना, श्रमिकको मृत्यु


बर्दवान, 11 जुलाई (हि.स.)। दुर्गापुर स्टील प्लान्ट (डीएसपी)- मा गए शुक्रवार अबेर राति भएको एक पीड़ादायी औद्योगिक दुर्घटनामा एक जना श्रमिकको मृत्यु भयो। मृतकको पहिचान एस.के. साहिदुलको रूपमा भएको छ। भनिन्छ, राति लगभग 1:30 बजी काम गरिरहेको समय अचानक पग्लिएको स्टीलले भरिएको लेडल (Ladle)-उमाथि झऱ्यो जसले गर्दा उसको घटनास्थलमै मृत्यु भयो। अत्यधिक तापमान भएको कारणले उसको शरीर पूर्ण रूपले जलेर खरानी भएको थियो।

घटनापछि सम्पूर्ण प्लान्ट परिसरमा कोकोहोलो मचियो। सूचना पाउनसाथ सहकर्मी तथा डीएसपीका वरिष्ठ अधिकारीहरू घटनास्थलमा पुगे। औपचारिक प्रक्रिया अन्तर्गत प्लान्टको मेडिकल विभागमा लगियो जहाँ चिकित्सकहरूले उसलाई मृत घोषित गरिदिए।

दुर्घटनाको कारण अहिलेसम्म स्पष्ट हुन सकेको छैन। डीएसपी प्रबन्धनले मामिलाको जाँच गर्न शुरू गरेको छ। जाँचमा यो पत्तो लगाइँदैछ कि दुर्घटना कुन परिस्थितिमा भयो र सुरक्षा व्यवस्थामा लापरवाही, तकनिकी खराबी वा कार्यस्थलमा कुनै अन्य कारणको भूमिका त छैन।

यस हृदयविदारक घटनापछि प्लान्टका कर्मचारीहरू तथा श्रमिकहरूमा गहिरो शोक व्याप्त भएको छ। सहकर्मीहरूले दिवङ्गत श्रमिकको परिवारप्रति गहिरो संवेदना व्यक्त गर्दै उनलाई उचित क्षतिपूर्ति र परिवारको एकजना सदस्यलाई रोजगार दिने माग गरेका छन्।

डीएसपी प्रबन्धनको पक्षबाट घटनाको सम्बन्धमा कुनै आधिकारिक विस्तृत बयान जारी गरिएको थिएन। यस दुर्घटनापछि फेरि प्लान्टमा श्रमिकहरूको सुरक्षा व्यवस्थालाई लिएर गम्भीर प्रश्न उठिरहेको छ। श्रमिकहरूको भनाइ छ, यदि सुरक्षा मानकहरूलाई कड़ाई पूर्वक पालन गरियो भने सायद यस किसिमको पीड़ादायी घटनादेखि बच्न सकिन्थ्यो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande