
गुवाहाटी, 11 जुलाई (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले भनेका छन्, राज्य सरकार यो सुनिश्चित गर्नको लागि पूर्ण रूपले प्रतिबद्ध छ कि खाद्य सुरक्षा योजनाको लाभ कुनै पनि पात्र व्यक्ति पाउनदेखि वञ्चित नरहोस्। उनले भने, सरकारको प्राथमिकता समाजको अन्तिम व्यक्तिसम्म योजनाको लाभ पुऱ्याउनु हो।
मुख्यमन्त्रीले शनिवार सोशल मीडियामा जारी आफ्नो सन्देशमा भने, राज्यभरि नै 'अन्न सेवा दिवस'- को माध्यमबाट पात्र लाभार्थीहरूलाई निःशुल्क खाद्यान्न वितरण गरिँदैछ। यसको साथै यो पनि सुनिश्चित गरिँदैछ कि राष्ट्रिय खाद्य योजनाको लाभ हरेक पात्र व्यक्तिसम्म समयमै अनि प्रबावकारी ढङ्गमा पुगोस्।
उनले भने, सरकारले सुलभ मूल्य (राशन) दोकानहरूको माध्यमबाट नभएर शारीरिक रूपमा असमर्थ, वृद्ध, दिव्याङ्ग अथवा अन्य कारणले राशन दोकानहरूसम्म पुग्न नसक्ने लाभार्थीहरूको लागि पनि विशेष व्यवस्था गरिरहेको छ। यस्ता मानिसहरूलाई आवश्यक खाद्य सामग्री औ सेवा उनीहरूको घरको ढोकासम्म पुऱ्याइरहेको छ ताकि कुनै पनि पात्र परिवारलाई समस्याको सामना गर्न नपरोस्।
डा. सरमाले भने, राज्य सरकारको यो पहल 'अन्त्योदय'- को भावनालाई साकार पार्ने दिशामा एक महत्वपूर्ण कदम हो। उनले भने, सरकारको उद्देश्य यो सुनिश्चित गर्नु हो कि समाजको अन्तिम पङ्क्तिमा बसेका व्यक्तिसम्म पनि सरकारी योजनाहरूको लाभ सम्मानपूर्वक तथा समयमा पुगोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा