
मेदिनिपीपुर, 10 जुलाई (हि.स.)। पूर्वी मेदिनीपुर जिल्लाको कोलाघाट थाना पुलिसले ओडिशाबाट कोलकाता गाँजा तस्करी गर्ने ठूलो प्रयासलाई विफल पारेको छ। शुक्रवार अबेर राति पुलिसले कोलाघाटको शरत सेतु नजिकै एउटा यात्रु बसमा छापा मारेर लगभग 23 किलोग्राम गाँजा जफत गरेको छ। यस घटनामा तीन महिला सहित चार जनालाई पक्राउ गरिएको छ।
पुलिस सूत्रहरू अनुसार, पहिले नै ओडिशाबाट कोलकातामा बस मार्फत गाँजा तस्करी भइरहेको सूचना गुप्तचर निकायले पाएको थियो। जानकारीको आधारमा कोलाघाट थाना पुलिसले आफ्नो टोली सहित शरत सेतु नजिकै निगरानी बढ़ायो र शंकास्पद सवारी साधनहरूको जाँच गर्न थाल्यो।
निर्धारित बस कोलाघाट आइपुग्ने बित्तिकै पुलिस टोलीले घेरा हालेर विस्तृत खोजी गऱ्यो। खोजीको क्रममा बसबाट लगभग 23 किलोग्राम गाँजा जफत भयो। त्यसपछि गाँजा तस्करीमा संलग्न भएको आशंकामा एक पुरुष र तीन महिलालाई हिरासतमा लिइयो।
यस तस्करी सञ्जालमा अरु को को संलग्न छन् र जफत गरिएको गाँजा कोलकातामा कसलाई पुर्या उने उद्देश्यले गरिएको थियो भनेर पत्ता लगाउन पुलिसले पक्रा परेका अभियुक्तहरूसँग सोधपुछ गरिरहेको छ।
पुलिसले अन्तरराज्यिय लागूऔषध तस्करी गिरोह संलग्न हुनसक्ने विश्वास गरेको छ। पक्रा परेका अभियुक्तलाई अदालतमा पेश गरिनेछ र तस्करी सञ्जालका अन्य सदस्यहरूको पहिचान गर्न पुलिस हिरासतमा लिइनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी