लभ जिहादको आरोपमा युवक पक्राउ, ब्ल्याकमेलिङ्ग पनि गरेको आरोप
लभ जिहादको आरोपमा युवक पक्राउ, ब्ल्याकमेलिङ्ग पनि गरेको आरोप


कछार (असम), 11 जुलाई (हि.स.)। असमको सिलचरमा एकजना युवकलाई कथित रूपमा आफ्नो परिचय लुकाएर एकजना हिन्दू युवतीलाई प्रेमजालमा फसाएको अनि पछि निजी फोटो र भीडियोहरूको माध्यमबाट ब्ल्याकमेल गरेको आरोपमा बजरङ्ग दलका कार्यकर्ताहरूले समातेर पुलिसलाई सुम्पिदिए।

पीड़िताले लगाएको आरोप अनुसार सिलचरको सोनाबाड़ी घाट निवासी आन्दान हुसैन मजुमदार उपनाम आजमलले इन्स्टाग्राममा आफूलाई हिन्दू बताएर गुवाहाटीकी एकजना हिन्दू युवतीसित मित्रता गरे। पछि उसको वास्तविक पहिचान खुलासा भएपछि युवतीले उसित सम्बन्ध विच्छेद गरी।

युवतीको आरोप छ, त्यसपछि आरोपीले उसको निजी फोटो र भीडियोलाई सोशल मीडियामा भाइरल गरिदिने धम्की दिएर विवाह गर्ने दबाव दियो। सहायताको लागि युवतीले सिलचर पुगेर बजरङ्ग दलसित सम्पर्क गरी।

बजरङ्ग दलको दाबी छ, आरोपीले युवतीलाई बलजफ्ती वाहनमा बसाउने प्रयास गऱ्यो जसपश्चात सङ्गठनका कार्यकर्ताहरूले उसलाई समातेर रङ्गीरखाड़ी पुलिस चौकीमा सुम्पिदिए।

सङ्गठनले राज्य सरकारसित यस्तो कथित मामिलामा कड़ा कारबाही गर्ने माग गरेको छ साथै चेताुनी दिएको छ, यदि प्रभावकारी कदम उठाइएन भने आन्दोलन शुरू गरिनेछ।

मामिलाको जाँच पुलिसले गरिरहेको छ। आरोपीको पक्षबाट यस सम्बन्धमा अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande