
दरङ्ग (असम), 11 जुलाई (हि.स.)। दरङ्ग जिल्लाको सिपाझार क्षेत्रस्थित बरदौलगुड़ीमा शनिवार चोरीको एउटा ठूलो घटना सार्वजनिक भएको छ। चोरहरूले गए राती अँध्यारोमा एउटा मोबाइल पसलको छत काटेर भित्र पसी 30 वटाभन्दा अधिक मोबाइल फोन सहित अन्य मूल्यवान वस्तुहरू चोरेर भागे। घटनापछि यस क्षेत्रका व्यापारीहरूमा सन्त्राष साथै चिन्ता व्याप्त भएको छ।
जानकारी अनुसार बरदौलगुड़ीस्थित 'माँ इलेक्ट्रोनिक्स' नामक मोबाइल पसललाई चोरहरूले आफ्नो लक्ष्य बनाए। गए अबेर राती चोरहरू दोकानको छत काटेर भित्र प्रवेश गरे अनि पसलमा राखिएका 30 वटाभन्दा अधिक मोबाइल फोनहरू सहित अन्य मूल्यवान सामानहरू पोको पारेर भागे। घटना बारे शनिवार बिहान त्यसबेला थाहा लाग्यो जतिबेला पसल मालिकले पसल खोलेर हेर्दा भित्र सबै सामानहरू यत्रतत्र फैलिएको देखे।
पसल मालिकले तत्कालै पुलिसलाई घटनाको सूचना दिए। पुलिसको टीमले घटनास्थलमा पुगेर घटनाको निरीक्षण गरी प्रमाण जुटायो। पुलिसले परिवरीका मानिसहरूसित जाँचबुझ गर्न शुरू गरेको छ भने वरपरका सीसीटीभी क्यामराको फुटेज जाँच गरिरहेको छ ताकि आरोपीहरूलाई चिन्हित गर्न सकियोस्।
यस घटनापछि स्थानीय व्यापारीहरूले क्षेत्रमा रात्रिकालीन सुरक्षा व्यवस्थालाई मजबुत बनाउने अनि पुलिसको गस्ती बढ़ाउने माग गरेका छन्। पुलिसले मामिला दर्ता गरी अज्ञात चोरहरूलाई खोजिरहेको छ। चाँड़ै नै आरोपीहरूलाई पक्राउ गर्ने भरोसा व्यक्त गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा