
गुवाहाटी, 11 जुलाई (हि.स.)। गुवाहाटीको रुक्मिणी गाउँस्थित ताङ्गरा सत्र रोडा एकजना महिलालाई कथित रूपमा धम्क्याएको, सार्वजनिक उपद्रव गरेको तथा पुलिसकर्मीहरूमाथि हमला गरेको आरपमा 35 वर्षीय रक्तिम कलितालाई पक्राउ गरिएको छ।
असम पुलिस अनुसार पीसीआर कल प्राप्त भएपछि दिसपुर पुलिस घटनास्थलमा पुग्यो जहाँ आरोपीलाई कथित रूपमा मातेको अवस्थामा भेटियो। पुलिसले बारम्बार कानूनी निर्देश दिए पनि उसले सहयोग गरेन, पक्राउको विरोध गऱ्यो अनि ईआरएसएस-6 तथा ईआरएसएस-7 टीमका पुलिसकर्मीहरूमाथि हमला गऱ्यो जसबाट उनीहरूलाई सामान्य चोट लागेको छ।
पुलिसले बतायो, दिसपुर थानामा ल्याइएपछि पनि आरोपीको आक्रमक व्यवहार जारी रह्यो। उसले ब्रेथ एनालाइजर टेस्ट गराउनदेखि अस्वीकार गऱ्यो, एलएनके उस्मान अलीमाथि हमला गऱ्यो, उनको वर्दी च्यातिदियो साथै थानाभित्रको काठको भित्तालाई पनि क्षति पुऱ्यायो।
यस सम्बन्धमा दिसपुर थानामा मामिला सङ्ख्या 500/2026 दर्ता गरिएको छ। आरोपीविरूद्ध भारतीय न्याय संहिता (बीएनएस)- को धारा 132, 121(1) औ 324(4) अन्तर्गत मामिला दर्ता गरी जाँच शुरू गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा