
मेदिनीपुर, 11 जुलाई (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लाको मेदिनीपुर मेडिकल कलेज एवं अस्पतालमा एक जना रोगीलाई कथित रूपमा अवधि समाप्त (एक्सपायरी) भएको सलाइन लगाइएको मामिलाले ठूलो रूप लिरहेको छ। घटनापछि स्वास्थ्य विभागले द्रूत गतिमा जाँच गर्दै पाँच जना कर्मचारी अनि अधिकारीहरूलाई कारण बताऊ नोटिस जारी गरेको छ। यस मामिलाको कारणले राज्यभरि नै स्वास्थ्य सेवा औ अस्पतालहरूमा औषधि प्रबन्धन व्यवस्थामाथि प्रश्न उठ्न थालेको छ।
प्राप्त जानकारी अनुसार मेदिनीपुर शहरको विद्यासागर पल्ली निवासी मानसी दे गत पाँच जूनदेखि विभिन्न शारीरिक समस्याहरूको कारणले मेदिनीपुर मेडिकल कलेज एवं अस्पतालमा भर्ती भएकी छन्। उनको उपचार अस्पतालको नयाँ भवनस्थित महिला वार्डमा भइरहेको थियो। उनका पुत्र विश्वजीत देले आऱोप लगाए, गत बुधवार बिहान आफ्नी आमासित भेट गर्न जाँदा आमाको स्वास्थ्य झन् बिग्रिँदै गइरहेको उनले पाए। छात्तीमा पीड़ा भइरहेको थियो। त्यसपछि उनले सलाइनको बोतलको जाँच गरे जसमा मार्च,2026-मा त्यसको अवधि समाप्त हुने तिथि अङ्कित थियो।
आरोप छ, त्यै अवधि समाप्त भएको सलाइन रोगीलाई दिरहेको थियो।मामिलाको जानकारी तत्कालै अस्पताल प्रशासनलाई दिइयो जसपश्चात रोगीलाई अर्को वार्डमा स्थानान्तरण गरियो। घटनापछि अस्पताल परिसरमा रोगीहरू अनि परिवारहरूबीच चिन्ता अनि आक्रोश फैलियो।
मामिलामा अस्पतालका अधीक्षक डा. इन्द्रनील सेनले स्वीकार गरे, अवधि समाप्त सलाइन लगाइएको कुरा सार्वजनिक भएको छ। तथापि उनले भने, सलाइन शुरू गरिएको केही समयपछि नै थाहा भइहाल्यो, त्यसपछि त्यसलाई तत्काल हटाइयो। डा. सेनले बताए अनुसार रोगीको स्थिति हाल स्थिर छ जसको चिकित्सकहरूको निगरानीमा उपचार भइरहेको छ।
घटनाको गम्भीरतालाई मध्यनजर गर्दै स्वास्थ्य भवनबाट एक प्रतिनिधि दल तथा जिल्लाधिकारीको निर्देशमा गठित तीन सदस्यीय जाँच समितिले अस्पतालमा पुगेर विस्तृत जाँच गऱ्यो। जाँच दलले सीसीयूमा भर्ती रोगी र उनका पुत्रसित बातचित गऱ्यो। यसको साथै मेेडिकल स्टोरमा सलाइनको भण्डारण, आपूर्ति व्यवस्था अनि सम्बन्धित अभिलेखहरूको पनि जाँच गरियो।
जाँचकर्ताहरूले अस्पताल प्रशासन, नर्सिङ्ग अधीक्षक, सम्बन्धित महिला वार्डमा कार्यरत नर्सहरू तथा उपचाररत चिकित्सकको बयान पनि दर्ता गराए। घटनाका विभिन्न पाटोहरूको समीक्षा गरिएपछि एक प्रारम्भिक प्रतिवेदन तयार गरी स्वास्थ्य मन्त्री अनि स्वास्थ्य भवनलाी सुम्पिइएको छ। अन्तिम जाँच प्रतिवेदनको आधारमा अग्रिम प्रशासनिक कारबाही गरिनेछ।
यसबीच स्वास्थ्य विभागले गए शुक्रवार राती यस मामिलामा पाँच जना कर्मचारी अनि अधिकारीहरूलाई कारण बताऊ नोटिस जारी गरेको छ। सम्बन्धित व्यक्तिहरूलाई निर्धारित समय-सीमाभित्रमा आफ्नो लिखित स्पष्टिकरणदिने निर्देश दिइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा