
मेदिनीपुर, 11 जुलाई (हि.स.)। पूर्व मेदिनीपुरको शङ्करपुरबाट ट्रलर सहित बेपत्ता भएका 15 जना मछुआराहरू शनिवार दक्षिण 24 परगनाको काकद्वीप क्षेत्र स्थित बाघेरचर द्वीपको छेउमा रहेको थाहा लाग्यो। सबै मछुआराहरू सुरक्षित रहेको बताइएको छ।
जानकारी अनुसार गत 6 जुलाईका दिन माछा मार्नका लागि समुद्रमा गएका मछुआराहरूसित सम्पर्क विच्छिन्न भएको थियो जसपश्चात उनीहरूको परिवार र स्थानीय मछुआराहरूको सङ्गठन चिन्तित भएका थिए। शनिवार बिहान लगभग 7 बजी उनीहरूको ठेगानाको बारेमा पत्तो लाग्यो।
शङ्करपुर फिशरम्यान एण्ड फिश ट्रेडर्स एसोसिएशनका सचिव स्वदेश रञ्जन नायकले बताए, ट्रलरको इञ्जिनमा पानी भरिएको कारणले उनीहरू समुद्रमा फसेका थिए। वर्तमानमा सबै मछुआराहरू काकद्वीपको बाघेरचर क्षेत्रदेखि लगभग दुई किलोमीटर टाड़ामा छन्। उनीहरूलाई ल्याउनका लागि शङ्करपुरबाट एउटा लाञ्चलाई पठाइएको छ।
यसैबीच बङ्गालको खाड़ीमा अर्को एउटा ट्रलर दुर्घटना भएको समाचार प्राप्त भएको छ। बक्खाली तटदेखि लगभग 12-14 किलोमीटर टाड़ा माछा मार्न गएको एउटा ट्रलरको पाटातन च्यातिएको कारणले त्यसमा पानी भरियो फलस्वरूप ट्रलर डुब्यो। यद्यपि यसमा सवार सबै 12 जना मछुआराहरूलाई अर्को ट्रलरमा सुरक्षित उद्धार गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा