पुलिसले लूटकाण्डको गऱ्यो खुलासा, तीन पक्राउ
पुलिसले लूटकाण्डको गऱ्यो खुलासा, तीन पक्राउ


उरई, 11 जुलाई (हि.स.)। जिल्लाको एट थाना पुलिस र स्वाट निगरानी टोलीले संयुक्त अभियानमा शनिवार डकैती मुद्दाको समाधान गर्यो। पुलिसले तीन जना अभियुक्तलाई पक्राउ गर्योा र चोरीका समानहरू जफत गर्यो।

अपर पुलिस निरीक्षक (एएसपी) डा. इशान सोनीले शनिवार भने कि 10 जुलाईमा लक्ष्मी नारायणले एट पुलिस थानामा उजुरी दर्ता गराए जसमा उनले आरोप लगाएका थिए कि 07 जुलाईको रात कारमा आएका तीनदेखि चार जना अज्ञात अपराधीहरूले उनको बाइक रोकेर उनलाई आक्रमण गरे। उनीहरूले उनको मोबाइल फोन, बाइक र 8 हजार रूपियाँ नगद लुटेर भागे।

पुलिसले एट थानामा मुद्दा दर्ता गर्योर र अनुसन्धान शुरू गर्योा। शनिवार खोजी अभियानको क्रममा विवेक अहिरवार, विनय कुमार र साकिरलाई पक्राउ गरियो। आरोपीबाट चोरीका समान, पेस्तोल र कारतूस जफत गरियो। शनिवार पुलिसले अभियुक्तहरू विरुद्ध कानूनी कारबाही गर्योर र अदालतमा पेश गर्यो , जहाँबाट उनीहरूलाई जेल पठाइयो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande